
पहेँलो धातु सुनको भाउ यो साता नेपाली बजारमा १ हजार २०० रुपैयाँ घटेको छ । सुनको भाउसँगै चाँदी पनि तोलामा ४० रुपैयाँले सस्तिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
महासंघका अनुसार हिजो बैशाख २३ गते शुक्रबार छापावाल सुन प्रतितोला ९८ हजार रुपैयाँमा कारोबार भएको छ । यस्तै तेजावी सुन पनि तोलाको ९७ हजार ५०० रुपैयाँमा कारोबार भएको छ । यस्तै चाँदी तोलाको १ हजार २८० रुपैयाँमा कारोबार भएको छ ।
गत साता बैशाख १६ गते शुक्रबार छापावाल सुन प्रतितोला ९९ हजार २०० रुपैयाँ, तेजावी सुन पनि तोलाको ९८ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै उक्त दिन चाँदी तोलाको १ हजार ३२० रुपैयाँमा कारोबार भएको थियो ।
नेपालमा नेपाल सुनचाँदी व्यवसायी महासंघ र नेपाल सुचाँदी रन्त तथा आभुषण महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदीको मूल्यको उतारचढावको आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आइरहेको छन् । दुई संघले तोकेको भाउमा नै संघमा आबद्ध व्यवसायीले दैनिक रुपमा कारोबार गर्दै आइरहेका छन् । साताको ६ दिन आइतबारदेखि शुक्रबारसम्म सुनको भाउ निर्धारण हुने गरेको छ ।
आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १ हजार ८८४ र चाँदी प्रतिऔंस २२ दशमलव ३६ डलरको हाराहारीमा कारोबार भइरहेको छ । रुस युक्रेन द्धन्द्ध मत्थर हुँदै जान थालेपछि नेपालमा तोलामा १ लाख ५ हजार ५०० रुपैयाँसम्म पुगेको सुनको भाउ पछिल्ला दिनहरुमा सुनको भाउ क्रमशः घट्न थालेको हो ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।






प्रतिक्रिया