स्थानीय तह निर्वाचन, ११ पालिकाको अन्तिम नतिजा सार्वजनिक, कुन पार्टीले कहाँ जिते ?


शुक्रबार सम्पन्न भएको स्थानीय तह निर्वाचनको हालसम्म ११ स्थानीय तहका प्रमुख अन्तिम नतिजा सार्वजनिक भैसकेको छ । हालसम्मको नतिजामा निर्विरोध र निर्वाचित गरी नेकपा एमालेले ५ र गठबन्धनले ६ स्थानीय तहको प्रमुखमा जित हासील गरेका हुन ।

गठबन्धबाट नेपाली काँग्रेसले ३ स्थानीय तहमा प्रमुख जितेको छ । नेकपा एसले डोल्पाका २ गाउँपालिकामा निर्विरोध प्रमुख जितेको छ भने माओवादी केन्द्रले डोल्पाको एक गाउँपालिकामा जित हात पारेको छ ।

अहिलेसम्म एमालेले जितेका पालिका प्रमुखमा मुस्ताङका २, मनाङका २ र डोल्पाका एक छन् । मुस्ताङको लो–घकर दामोदरकुण्ड गाउपालिका र वारागुङ मुक्ति क्षेत्र तथा मनाङका मनाङ डिस्याङ र चामे गाउपालिका रहेका छन् । त्यसैगरी डोल्पाको शेफोक्सुण्डो गाउँपालिकामा पनि एमालेले जितेको छ ।

त्यसैगरी काँग्रेसले मनाङको नार्सो र नार्पाभुमि तथा मुस्ताङको घरपझोङ गाउपालिका रहेका छन् । नेकपा एकीकृत समाजवादी डोल्पाको काइके र छार्पा गाउँपालिकामा निर्विरोध भएको छ । त्यसैगरी माओवादी केन्द्रले एक पालिका जितेको छ । जसमा डोल्पाको जगदुल्लाको अध्यक्ष पदमा विजयी भएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।