
भक्तपुर नगरपालिकामा १३ जना मेयरका प्रतिस्पर्धीलाई जमानत जफत हुनेगरी हराउँदै नेपाल मजदूर किसान पार्टीका उम्मेदवार सुनिल प्रजापति विजयी भएका छन् ।
नेपाल मजदुर किसान पार्टीका प्रजापतिले मेयरमा अन्य प्रतिस्पर्धीलाई झन्डै ९ गुणा मतान्तरमा पराजित गर्दै निर्वाचित भएका हुन् । प्रजापतिले यसअघि २०७४ काे निर्वाचनमा पनि निकटम प्रतिद्धन्दी नेपाली कांग्रेसका रामप्रसाद कासुललाई चार गुणा भन्दा बढी फराकिलो मत अन्तरका साथ भक्तपुर नगरपालिकाको मेयरमा विजयी भएका थिए ।
भक्तपुर नगरपालिका अध्यक्ष मा नेपाल मजदुर किसान पार्टी उम्मेदवार सुनिल प्रजापतिले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेस उम्मेदवार रामप्रसाद कासुलालाई २५ हजार ८४५ मतान्तरले पराजित गरेका हुन् । पराजित रामप्रसाद कासुलाले ३ हजार ४०७ मत ल्याएका छन् ।
नेमकीपाका उम्मेदवार प्रजापतिले ठूलो मतान्तरले अन्य प्रतिस्पर्धीलाई हराएपछि अन्य मेयरका उम्मेदवारहरुको जमानत जफत भएको छ । सम्बन्धित क्षेत्रमा खसेको कुल सदरमतको १० प्रतिशत भन्दा थोरै मत प्राप्त गर्ने उम्मेदवारको धरौटी जफत हुने व्यवस्था छ । सोही व्यवस्था अनुसार भक्तपुरका मेयर उम्मेदवारमध्ये प्रजापति बाहेक १३ जना उम्मेदवारको मत कुल सदर मतको १० प्रतिशत नपुगेपछि सबै जनाको जमानत जफत भएको हो ।
अन्तिम मतपरिणाम अनुसार सुनिल प्रजापतिले २९ हजार २०० मत सहित भक्तपुर नगरपालीकाका मेयर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका रामप्रसाद कासुलाले ३ हजार ३५२ मत मात्र प्राप्त गरे । यस्तै नेकपा एमालेका रवीन्द्र लाछिमस्युले २ हजार ८३७ मत प्राप्त गरेका छन् ।
यसैगरी नेकपा माओवादी केन्द्रका सेयर उम्मेदवार तुल्सी भक्त सुवालले ७४२ मत, राष्ट्रिय जनमोर्चाका उम्मेदवार राम भक्त किजुले ४१४ मत र जनता समाजवादी पार्टीका राजा राम ढुकुछुले १२१ म्त मात्र प्राप्त गरे ।
त्यस्तै निर्वाचन आयोगका अनुसार स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत भक्तपुर नगरपालिकाको उपमेयरमा पनि नेमकिपाकी रजनी जोशीले २९ हजार ६९५ मत ल्याएर विजयी भएकी छन् । उनकी निकट प्रतिस्पर्धी नेकपा एमालेकी रञ्जना खर्बुजालाई २६ हजार ९११ मतान्तरले पराजित गरेकी हुन् । पराजित खर्बुजाले २ हजार ७८४ मत ल्याएकी छिन् ।
उपमेयरमा नेकपा एकीकृत समाजवादीका ओम चरण अमात्यले १ हजार ७४२ तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मी छुस्याबागले १ हजार १८० मत ल्याएकी छिन् ।
यी हुन् भक्तपुरमा जमानत जफत हुने मेयरका १३ उम्मेदवार
१. राम प्रसाद कासुलाः नेपाली कांग्रेस
२. रवीन्द्र लाछिमस्युः नेकपा एमाले
३. वद्रि लाखाजु राष्ट्रियः प्रजातन्त्र पार्टी
४. तुल्सी भक्त सुवालः नेकपा माओवादी केन्द्र
५. राम भक्त किजुः राष्ट्रिय जनमोर्चा
६. राजा राम ढुकुछुः जनता समाजवादी पार्टी
७. राम सुन्दर धुसुः स्वतन्त्र
८. सत्य राम त्वायनाः स्वतन्त्र
९. नील नारायण कोजुः स्वतन्त्र
१०. अनिल लावजूः स्वतन्त्र
११. कृष्ण राम प्रजापतीः मौलिक जरोकिलो पार्टी
१२. गोपाल दास बनेपालीः नेपाः राष्ट्रिय पार्टी
१३. बल राम प्रजापतिः स्वतन्त्र
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।






प्रतिक्रिया