अर्थतन्त्रका संरचनागत संरचनाले पूँजीगत खर्च बढेनः डा. रिजाल

0
Shares

नेपाली कांग्रेसका सांसद डा. मिनेन्द्र रिजालले पूँजीगत खर्च नहुनुमा अर्थतन्त्रमा रहेको संरचनागत संरचनाले काम गरेको टिप्पणी गरेका छन् ।

प्रतिनिधि सभाको आजको बैठकमा विनियोजन विधेयकका प्राथमिकता र सिद्धान्तका बारेमा आफ्नो धारणा राख्दै उनले पूँजीगत खर्च नहुने प्रवृत्तिको अन्त्यका लागि सरोकारवाला एवं सांसद र अर्थ मन्त्रालय लगायतले सार्थक प्रयास गर्नुपर्ने बताए ।

शोधानान्तर घाटामा परेको प्रभावलाई कम गर्न देशभित्रै खाद्य उत्पादनमा वृद्धि गर्नुपर्ने तथा उद्योग व्यवसायको प्रवर्द्धन, निजी, सार्वजनिक साझेदारीका सम्बन्धमा स्पष्ट नीतिगत व्यवस्था गर्नुपर्ने बताए ।

हाल अर्थतन्त्रमा आएको समस्या ९ महिनामा आएको नभई संरचनामै देखिएको समस्या रहेको बताउँदै तितो मुख लगाएर एक अर्कालाई आरोप लगाएर नहुने बताए । उनले रेमिट्यान्स घट्दै गएको भन्दै यो ठूलो समस्या भने नभएको बताए ।

“अहिले शोधनान्तर घाटा ३५६ अर्ब रुपैयाँ पुगेको छ, यो किन भयो त,’ उनले भने, ‘कृषि र खाद्यान्नमा ९० अर्बले ३०० अर्ब रुपैयाँ पुगेको छ, लत्ताकपडामा ४० अर्बले बढेर १४५ अर्ब, स्वास्थ्य तथा औषधिमा ४५ अर्बले बढेर ११५ अर्ब, इन्धनमा १०० अर्बले बढेर २२० अर्ब पुगेको छ, यसरी २७५ शोधनान्तर घाटामा परेको छ । र, अर्थतन्त्रको संरचनामा असर परेको छ ।’

रिजालले ३३० अर्ब रुपैयाँको खाद्यान्न आयात भइरहेको भन्दै कसैले पनि कृषिको उत्पादन बढाउन कसैले गम्भीर भएर छलफल नगरेको बताए । लत्ताकपडा उद्योग स्थापनाका लागि पनि कसरी प्रयास गर्ने भन्नेमा छलफल गर्नुपर्ने आवश्यकता छ ।

उनले आन्तरिक ऋण जीडीपीको अघिल्लो सरकार आउनुअघि जीडीपीको २९ प्रतिशतसम्म थियो र यो सरकार आउनुभन्दा अघि ५.२ प्रतिशतमा पुग्यो । आन्तरिक ऋण बढ्नु भनेको निजी क्षेत्रले बैंकिङ प्रणालीबाट ऋण लिन समस्या हुनु हो । अहिले बैंकिङ प्रणालीमा तरलता अभाव भएको छ । अहिले ब्याजदर बढेको छ त्यसतर्फ खासै गएको छ भन्ने तर्फ ध्यान गएको छैन

उनले वर्तमान सरकारका कारणमात्रै अर्थतन्त्रमा समस्या नआएको भन्दै प्रतिपक्षमा पुगेको तत्कालीन एमाले नेतृत्वको सरकारका कारण वैदेशिक ऋणमा वृद्धि भएको तथ्य नभुल्न आग्रह गरे।

डा. रिजालले विश्वव्यापी रूपमा अर्थतन्त्रमा परेको दबाब र चापको प्रभाव अर्थतन्त्र र मुद्रास्फितिमा परेको तथ्य पेश गरे । बजेट कार्यान्वयन क्षमता कमजोर रहेको भन्दै उनले स्रोत नभएको आयोजना कम्प्युटरमा गरिएको शिलान्याश, रेल तथा पानीजहाज, भ्यूटावरजस्ता विषय ल्याएर गलत संस्कारको अभ्यास गरिएकाले पनि समस्या देखिएको स्पष्ट पारे ।

आफ्नो समस्या अर्काको टाउकामा हालेर उम्कने प्रवृत्ति छाड्न उनले आग्रह गरे । डा. रिजालले सरसर्ती हेर्दा बजेटका प्राथमिकता राम्रो रहेको भन्दै उनले सत्ता र प्रतिपक्ष दुबैले अर्थतन्त्रका विषयमा गम्भीर हुनुपर्नेमा जोड दिए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  । 

प्रकाशित मिति: ५ जेष्ठ २०७९, बिहिबार  १७ : ०७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।