समृद्धि फाइनान्स कम्पनी लिमिटेडको हकप्रद सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ ।
कम्पनीको बिक्रीमा ल्याएको चुक्ता पूँजीको ५० प्रतिशतले हुन आउने सेयरमध्ये १९ लाख ५७ हजार ३९ कित्ता हकप्रद सेयर मंगलबार नेप्सेमा सूचीकृत भएको हो ।
हकप्रदमा आवेदन दिएर बिक्री भएको १७ लाख ८९ हजार २३९ कित्ता र लिलामीमा बिक्री भएको १ लाख ६७ हजार ८०० कित्ता (७३ हजार १०० साधारण र ९४ हजार ७०० कित्ता संस्थापक) सहित कुल १९ लाख ५७ हजार ३९ कित्ता हकप्रद सूचीकृत भएको छ ।
कम्पनीले २०७८ फागुन ८ देखि २९ गतेसम्म २ बराबर एक अनुपातमा कुल २७ लाख २९ हजार ७०५ कित्ता हकप्रद सेयर जारी गरेको थियो । रितिपूर्वक आवेदन दिने सेयरधनीलाई चैत १६ गते सो सेयर बाँडफाँड गरिएको थियो ।
हकप्रदमा अवितरित ७३ हजार १०० कित्ता साधारण र ८ लाख ६७ हजार ३६६ कित्ता संस्थापक ९ लाख ४० हजार ४६६ कित्ता सेयर २०७८ चैत २९ गतेदेखि २०७९ बैशाख ७ गतेसम्म आवेदन माग गरी बैशाख १४ गते शिलबन्दी बोलपत्र खुला गरी १६ गते बाँडफाँड गरेको थियो ।
लिलामीमा ल्याइएकोमध्ये ७३ हजार १०० कित्ता सेयरको कटअफ २०५ रुपैयाँ तथा ९४ हजार ७०० कित्ता संस्थापक सेयरको कटअफ १०१ रुपैयाँ कायम भएको हो । संस्थापक तर्फको लिलामीमा माग नभएको ७ लाख ७२ हजार ६६६ कित्ता हकप्रद भने कम्पनीले पुनः लिलामी बिक्रीमा ल्याएपछि मात्र सूचीकृत गर्नेछ ।
हकप्रद निष्काशनका लागि कम्पनीले पुस ११ गते सेयर दाखिल खारेजी (बुकक्लोज) गरेको थियो । बुकक्लोज अनुसार पुस १० गतेसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहेका सेयरधनीहरुले मात्र सूचीकृत उक्त हकप्रद प्राप्त गर्न सक्नेछन् ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।






प्रतिक्रिया