हजार अंकले बजार घट्दा लगानीकर्ताको १४ खर्ब सम्पत्ति गायब !


हालसम्मको अधिक उचाईमा पुग्दै गर्दा बजार परिसुचक नेप्सेले बनाएको किर्तिमानी बजार पूँजीकरण बजारको गिरावटसँगै तल झरेको छ ।

२०७८ भदौ २ गते बजार परिसुचक नेप्सेल नयाँ किर्तिमान बनाउँदै गर्दा कायम भएको बजार पूँजीकरण सोमबार ३ बजेसम्ममा आईपुग्दा १४ खर्बले घटेको छ ।

२०७८ भदौ २ गते बजार परिसुचक नेप्से ३१९८.६० अंकमा पुगेर किर्तमानी कायम गर्दा बजार पूँजीकरण पनि ४४ खर्ब ६८ अर्ब ५० करोड ५३ लाख ९२ हजार ९१ रुपैंया पुगेर किर्तिमान कायम भएको थियो । त्यस पछिका उतारचढावमा बजार सुचकसँगै पूँजीकरणमा पनि देखिएको उतारचढाव अहिले बजार तल्लो विन्दुमा आउँदा लगानीकर्ताको सम्पत्ती झण्डै १४ खर्ब रुपैंयाले घटेको हो ।

२०७८ भदौ २ मा प्रकाशित सामग्री : शेयर बजार पूँजीकरण हालसम्मकै उच्च बिन्दुमा, ४४ खर्ब ६८ अर्ब पुग्यो

                                        नेप्से सूचक ३ हजार २०० बिन्दुमा, ऐतिहासिक उचाई कायम

सोमबार बजारमा ५०.३३ अंकको गिरावट आउँदा परिसुचक नेप्से २१७३.४४ अंकमा अडिएको छ । उता बजारमा आएको तिब्र गिरावटसँगै समग्र बजार पूँजीकरण पनि सोही अनुपातमा घटेर ३० खर्ब ९४ अर्ब ३६ करोड ९५ लाख २४ हजार १२१ रुपैंयामा अडिएको छ ।

गत साता मात्र बजार परिसूचक ११।३१ अंकले घटेपछि बजार पूँजीकरण १४३ अर्ब रुपैयाँले घटेको थियो । गत माघ १८ गते बजार २८९१.३३ अंकमा रहेका बेला बजार पूँजीकरण ४० खर्ब ८६ अर्ब दुई लाख १० हजार रुपैंया थियो । क्रमिक रुपमा बजार ओरालो लाग्दा गत फागुन २२ गते बजार परिसुचक नेप्से २४४३.३९ अंकमा ओर्लिँदा समग्र बजार पूँजीकरण पनि घटेर ३६ खर्ब ४ अर्ब २ करोड ३० लाख ३५ हजार १८२ कायम भएको थियो । त्यस पछि क्रमिक रुपमा बजार ओराले यात्रामा लागेको थियो ।

२०७८ फागुन २२ मा प्रकाशित सामग्री : नेप्सेको ओरालो कायमै, बजार पूँजीकरण ३६ खर्बमा सीमित

आइतबार अर्थमन्त्री जनर्दन शर्माले आगामी आर्थिक वर्षको बजेटमार्फत बजारका केही विषयलाई प्रत्यक्ष सम्बोधन गर्ने अपेक्षा लगानीकर्ताले गरे पनि गैरआवासीय नेपालीलाई बजार प्रवेश गराउने, लगानीकर्ताको हक हीत संरक्षण गर्ने, दोस्रो बजारको संरचनालाई थप प्रतिष्पर्धी बनाउने, ठुला कम्पनीहरुलाई बजार प्रवेश गराउने, वैदेशिक रोजगारीमा गएकाहरुलाई साधारण निष्काशनमा १० प्रतिशत आरक्षण जस्ता विषयलाई बजेटमा सम्बोधन गरिएको थियो ।

बजेटमा पूँजीगत लाभकर घटाउने, राष्ट्र बैंकको चार १२ को व्यवस्था हटाउने, तरलता सामान्य अवस्थामा रहेको जानकारी समेटिने लगायतका अपेक्षा लगानीकर्ताले गरेका थिए । अपेक्षा अनुसारका विषय बजेटमा नअटाइएपछि सोमबार उकालो लाग्न खाजेको बजार ९ मिनेट पनि टिक्न नसकी ओरालो यात्रामा लागेको थियो ।

बजार पूँजीकरण कम्पनीको सेयर र अन्तिम मूल्यको गुणनफल भएकाले सेयर मूल्यसँगै पूँजीकरण पनि बढ्छ । हाम्रो बजारमा संस्थापक र पब्लिक शेयर दुबै भएपनि दैनिक कारोबारमा एकाध बाहेक पब्लिकको मात्र हुने गरेको छ । बजार पूँजीकरणले समग्र बजारको अवस्थालाई समेत देखाउने भएकाले लगानीकर्ताको आम्दानी तथा नोक्सानीलाई प्रत्यक्ष मूल्याङ्कन गर्न सकिन्छ ।

बजेटले जगाउन सकेन लगानीकर्तामा आश, बजार २२ सय विन्दुबाट ओर्लियो

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।