सुनको मूल्य घट्याे, प्रतितोला ९७ हजार २०० रुपैयाँमा कारोबार हुँदै

0
Shares

पहेँलो धातु सुनको मूल्य नेपाली बजारमा घटेको छ । मंगलबारको तुलनामा सुन बुधबार ८०० रुपैयाँले घटेकोे हो । यसअघि मंगलबार पनि सुन तोलामा २०० रुपैयाँले घटेर कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बुधबार सुनको मूल्य ८०० रुपैयाँले घटेर छापावाला सुनको भाउ प्रतितोला ९७ हजार २०० रुपैयाँ र तेजावी सुनको भाउ ९६ हजार ७०० रुपैयाँ तोकिएको छ । यस्तै चाँदीको भाउ २० रुपैयाँले घटेर तोलाको १ हजार २५० रुपैयाँमा कारोबार भैरहेको छ ।

नेपाली बजारमा सोमबार छापावाल सुन प्रतितोला ९८ हजार रुपैयाँ, तेजावी सुन ९७ हजार ५०० रुपैयाँ र चाँदी तोलाको १ हजार २७० रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र नेपाल सुनचाँदी व्यवसायी महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदीको मूल्यको उतारचढावको आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएका छन् ।

आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १ हजार ८३२ र चाँदी प्रतिऔंस २१.४७ डलरको हाराहारीमा कारोबार भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १८ जेष्ठ २०७९, बुधबार  ११ : ०२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।