रिडी र रैराङ हाइड्रोपावरको एकीकृत कारोबार: रिडी पावर कम्पनी लिमिटेडकाे नामबाट सुरू

0
Shares

रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले एक आपसमा मर्जर तथा प्राप्ती भएर एकीकृत कारोबार सुरु गरेका छन् ।

दुबै कम्पनीले २०७९ असार ३१ गतेदेखि रिडी पावर कम्पनी लिमिटेडको नामबाट एकीकृत कारोबार सुरु गरेको कम्पनीले सूचना जारी गरेर जानकारी दिएको छ । एकीकृत कम्पनीको रजिष्टर्ड कार्यालय ट्रेड टावर, थापाथली, काठमाण्डौंमा रहेको छ ।

विद्युत नियमन आयोग तथा कम्पनी रजिष्ट्रारको कार्यालयबाट मर्जरको लागि गत असार ३० गते अन्तिम स्वीकृत पाएपछि एकीकृत कारोबार थालिएको कम्पनीले जनाएको छ ।

दुबै कम्पनीको २०७९ असार १७ गते बसेको सम्पन्न विशेष साधारण सभाले रिडी हाइड्रोपावरले रैराङलाई एक बराबर शुन्य दशमलव ९३ कित्ता सेयर स्वाप अनुपातमा एक्वायर गर्ने प्रस्ताव पारित गरेका थिए ।

यसअनुसार रैराङ हाइड्रोपावरका १० कित्ता सेयर हुनेले एकीकृत संस्था रिडी पावर कम्पनी लिमिटेडको ९.३० कित्ता सेयर पाउनेछन् । रिडी हाइड्रोपावरका लगानीकर्ताले भने सेयर अनुपात छ त्यति नै कित्ता पाउनेछन् ।

सो भन्दा अघि रिडी हाइड्रोपावरको विसं २०७८ कात्तिक १२ गते सम्पन्न २० औं वार्षिक साधारण सभा र रैराङ हाइड्रोपावरको २०७८ कात्तिक १७ गते सम्पन्न १८ औँ वार्षिक साधारण सभाले एक आपसमा गाभ्ने गाभिने प्रस्ताव पारित गरेका थिए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २३ श्रावण २०७९, सोमबार  १२ : ०७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।