सानिमा माईको सवा १६ करोड लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

0
Shares

सानिमा माई हाइड्रोपावरले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट प्रस्ताव गरेको सवा १६ करोड लाभांश पाउन आज (असोज ११ गते मंगलबार) सम्म सेयरधनी बन्नुपर्ने भएको छ ।

कम्पनीले कार्तिक २ गते आह्वान गरेको साधारण सभा लाभांश वितरणका लागि असोज १२ गतेबुधबार बुकक्लोज मिति तोकिएको छ । बुकक्लोज अनुसार बुकक्लोजको अघिल्लो कारोबार दिनसम्म कायम सेययरधनीले मात्र लाभांश पाउनेछन् । सोही अनुसार कम्पनीको लाभांश पाउन पनि असाज ११ गते मंगलबारसम्म सेयरधनी भैसकेको हुनुपर्छ ।

कम्पनीको भदौ २० गते सोमबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८।७९ को मुनाफाबाट चुक्ता पुँजीको ५.२६३२ प्रतिशत नगद लभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । जस अनुसार कम्पनीले १६ करोड २५ लाख ९२ हजार १५८ रुपैयाँ बराबरको नगद वितरण गर्नेछ ।

कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुनेछ । कम्पनीले लाभांश पारित गर्न कार्तिक २ गते साधारण सभा आह्वान गरेको छ । सभा स्मार्ट दरबार ब्याक्वेट संखपार्क धुम्बाराहीमा बिहान ११ बजे शुरु हुनेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: ११ आश्विन २०७९, मंगलबार  १२ : १४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।