त्रिशूली–थ्री बीको सेयरधनीले थपे साढे ८ करोड रुपैयाँ

0
Shares

रसुवा र नुवाकोटमा निर्माणाधीन ३७ मेगावाटको माथिल्लो त्रिशूली–३ बी जलविद्युत आयोजनाको आईपीओ सेयरमा विद्यमान ४२ हजार लगानीकर्ताहरूले ८ करोड ५४ लाख ९३ हजार ६८२ रुपैयाँ लगानी थप गरेका छन् ।

बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार असोज ११ गते मंगलबार साँझसम्म ४२ हजार जना सेयरधनीले ९ लाख ८२ कित्ता सेयरका लागि ६८६ रुपैयाँका दरले सो रकम थप गरेका हुन् ।

कम्पनीले यसअघि नै लगानीकर्ताबाट १० रुपैयाँका दरले रकम संकलन गरेको थियो । कम्पनीले आफ्ना सेयरधनीहरुबाट चुक्ता हुन बाँकी ९० रुपैयाँ माग गरेको हो ।

संकलन हुन बाँकी ९० रुपैयाँमध्ये यसअघि संकलन गरेको १० रुपैयाँ रकमको ब्याज ३ प्राप्त भएकाले हाल लगानीकर्ताबाट ८७ रुपैयाँ रकम संकलन गरेको हो ।

आयोजनाको प्रवद्र्धक त्रिशूली जलविद्युत कम्पनी लिमिटेडका अनुसार यसअघि १० रुपैयाँ रकम बुझाएका सर्वसाधारण सेयरधनीले सेयर बापतको बाँकी (८७ रुपैयाँ) रकम आगामी १७ कात्तिक गतेसम्म थप रकम बुझाउन सक्नेछन् ।

जनताको जलविद्युत कार्यक्रम अन्तर्गत कम्पनीले २०७५ को चैतमा सर्वसाधारणका लागि ३७ लाख ५ हजार कित्ता ९ कम्पनीका कर्मचारीका लागि आरक्षण गरिएको समेत० सेयर निष्कासन गरी प्रति सेयर १०० रुपैयाँ अंकित मूल्यको न्यूनतम १० प्रतिशतले हुने १० रुपैयाँ मात्र संकलन गरेको थियो । कम्पनीको सेयर बाँडफाँडमा सेयर पाई प्रतिकित्ता १० रुपैयाँ बुझाएका जम्मा १ लाख ५४ हजार ५५९ जना सर्वसाधारण सेयरधनीले प्रतिकित्ता बाँकी ८७ रुपैयाँ बुझाउनुपर्ने छ ।

साबिकका सर्वसाधारण सेयरधनीबाट अंकित मूल्यको ८७ प्रतिशतले हुन आउने प्रतिकित्ता बाँकी ८७ रुपैयाँको दरले ३२ करोड २३ लाख ३५ हजार रुपैयाँ संकलन हुनेछ । रकम बुझाउने अन्तिम मितिसम्म कम्पनीले जनताको जलविद्युत कार्यक्रम (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि‚ २०७५ मा वार्षिक ८ प्रतिशत व्याज दिनुपर्ने प्रावधान बमोजिम सेयरधनीले प्रतिकित्ता ३ रुपैयाँ व्याज प्राप्त गर्ने हुँदा हाल प्रति कित्ता ८७ रुपैयाँ मात्र जम्मा गरे हुने भएको हो ।

आश्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरू र तिनका शाखा कार्यालयहरू तथा सीडीएस एण्ड क्लियरिङ लिमिटेडबाट उपलब्ध गराइएको ‘मेरो सेयर’ सफ्टवेयरबाट समेत सेयरधनीहरुले रकम बुझाउन सक्नेछन् । सेयरधनीहरुले यसरी रकम भुक्तानी गर्दा आश्वा शुल्क समेत तिर्नुपर्ने छैन । धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।

सेयरधनीहरुले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आश्वा सेवामा सहभागि बैंक तथा वित्तीय संस्थाहरू र तिनका शाखा कार्यालयहरू तथा सिडिएस एण्ड क्लियरिङ लिमिटेडबाट उपलब्ध गराइएको ‘मेरो सेयर’ सफ्टवेयरबाट समेत सेयरधनीहरूले रकम बुझाउन गर्न सक्नेछन्। कम्पनीबाट साविकका सर्वसाधारण सेयरधनीहरुलाई आह्वान गरेको चुक्ता हुन बाँकी रकम बुझाउनका लागि समयमा नै आफ्नो हीतग्राही खाता र बैंक खाता अद्यावधिक गर्न र मेरो सेयर नवीकरण गर्न कम्पनीले अनुरोध गरेको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: १२ आश्विन २०७९, बुधबार  १२ : २९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।