सानिमा जनरल तथा जनरल इन्स्योरेन्सको विशेष साधारण सभाबाट मर्जर प्रस्ताव पारित

0
Shares

सानिमा जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेड र जनरल इन्स्योरेन्सको छुट्टाछुट्टै विशेष साधारण सभाबाट एक आपसमा गाभ्ने/गाभिने प्रस्ताव मर्जर प्रस्ताव विशेष साधारण सभाबाट पारित भएको छ ।

जनरल इन्स्योरेन्सको अमृतभोग, कालिकास्थान, डिल्लीबजार, काठमाडौंमा तथा सानिमा जनरल इन्स्योरेन्सको कुण्डलीनी दरबार बैङक्वेट, चण्डोल, काठमाडौंमा असोज ११ गते मंगलबार सम्पन्न भएको विशेष साधारण सभाबाट गाभ्ने/गाभिने सम्बन्धी विशेष प्रस्ताव सर्वसम्मतिले पारित भएको हो ।

विशेष साधारण सभाले मर्जपछि कम्पनीको नाम सानिमा जिआईसी इन्स्योरेन्स कम्पनी हुने प्रस्ताव समेत पारित गरेको छ । सभाले दुई कम्पनीबीच एक आपसमा गाभिएपछि संस्थापक र सर्वसाधारण सेयरधनीको अनुपात ५१ः४९ कायम गर्ने प्रस्ताव पारित भएको छ ।

सभाले चल–अचल सम्पत्त तथा दायित्व मूल्यांकन प्रतिवेदन तथा अन्य सम्बद्ध व्यवस्था समेतका आधारमा निर्धारण गरिएको दुई कम्पनीबीचको सेयर अनुपात १ः१ कायम गर्ने गरी मर्जर कार्यलाई अन्तिम स्वीकृति प्रदान गर्ने विशेष प्रस्ताव अनुमोदन गरेको छ ।

यससँगै अब दुई कम्पनीलाई एकीकृत कारोबार गर्नको लागि बाटो खुला भएको छ ।

दुबै कम्पनीको विशेष साधारण सभा मर्जरको प्रस्ताव सहित कम्पनीको चल अचल सम्पत्ति र दायित्व मुल्याङ्कन गर्नको लागि मान्यता प्राप्त मुल्याङ्कनकर्ता नियुक्ती तथा निजलाई प्रदान गरिएको पारिश्रमिको अनुमोदन गर्नुका साथै मर्जर सम्बन्धी सम्पूर्ण अन्य आवश्यक प्रक्रिया पूरा गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने सम्बन्धी प्रस्ताव समेत पारित गरेको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: १३ आश्विन २०७९, बिहिबार  १२ : ४७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।