आशा लघुवित्त वित्तीय संस्था लिमिटेड र नारायणी डेभलपमेन्ट बैंकको संस्थापक सेयर बिक्रीमा आएको छ ।
लघुवित्तको संस्थापकतर्फको ७ लाख ८९ हजार ९०० कित्ता सेयर असोज २३ गते आइतबार देखि र नारायणी डेभलपमेन्ट बैंकको २२ हजार ८१४ कित्ता संस्थापक सेयर असोज २४ गते सोमबारदेखि बिक्रीमा आएको हो ।
लघुवित्त कम्पनीले प्रतिकित्ता न्यूनतम ३९५ रुपैयाँ तोकेर सर्वसाधारण लगानीकर्ताले समेत आवेदन गर्न पाउनेगरी सो सेयर बिक्रीमा ल्याएको हो ।
इच्छुक लगानीकर्ताहरूले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी असोज ३१ गतेभित्र गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।
बोलपत्र पेश गर्दा न्यूनतम १ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । सेयर खरीदका लागि बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडको कार्यालयमा आवेदन दर्ता गर्न सक्नेछन् ।
तोकिएको अवधिभित्र प्राप्त आवेदन कात्तिक १ गते बिहान ११ बजे बिक्री प्रबन्धक प्रभु क्यापिटलको कार्यालय कमलादी, काठमाडौंमा खोलिने उल्लेख छ ।
उता नारायणी डेभलपमेन्ट बैंकको विद्यमान संस्थापक सेयर भने हाल कायम विद्यमान संस्थापक सेयरधनीहरूले आगामी ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय टाँडी चितवनमा निवेदन पेश गर्न सक्नेछन् ।
कम्पनीले तोकिएको अवधिभित्र विद्यमान संस्थापक सेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थाहरूमा बिक्री खुला गरिने जानकारी दिएको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया