नबिल फ्लेक्सी क्याप र सानिमा ग्रोथ फण्डलाई इकाई बिक्री गर्न अनुमति

0
Shares

नबिल फ्लेक्सी क्याप फण्ड र सानिमा ग्रोथ फण्ड गरी दुई नयाँ म्युचुअल फण्ड सञ्चालनमा आउने भएका छन् ।

नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट दुबै फण्डले इकाई बिक्री तथा सञ्चालनको लागि अनुमति पाएका हुन् । बोर्डले खुलामुखी प्रकृतिको नबिल फ्लेक्सी क्याप फण्डलाई भदौ २७ गते तथा बन्दमुखी प्रकृतिको सानिमा ग्रोथ फण्डलाई भदौ २८ गते इकाई बिक्री गर्न अनुमति दिएको हो ।

सञ्चालनको अनुमति पाएसँगै नबिल फ्लेक्सी क्याप फण्डले ७५ करोड मूल्यको दश रुपैयाँ अंकित दरमा ७ करोड ५० लाख इकाई निष्काशन गर्नेछ । फण्डको योजना ब्यवस्थापक नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेड रहेको छ ।

त्यसैगरी सानिमा ग्रोथ फण्डले १ अर्ब २० करोड मूल्यको दश रुपैयाँ अंकित दरमा १२ करोड इकाई निष्काशन गर्नेछ । यस फण्डको योजना ब्यवस्थापक सानिमा क्यापिटल लिमिटेड रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २४ आश्विन २०७९, सोमबार  १६ : ३८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।