प्राधिकरणले कार्तिक १ गतेदेखि शनिबार महसुल संकलन काउन्टर बन्द गर्ने

0
Shares

नेपाल विद्युत् प्राधिकरणले आगामी कार्तिक १ गतेदेखि शनिबार विद्युत् महसुल संकलन काउन्टर बन्द गर्ने भएको छ । प्राधिकरणले एक सूचना जारी गर्दै कात्तिक महिनादेखि शनिबार काउन्टर नखुल्ने बताएको हो ।

प्राधिकरणले सोमबार जारी गरेको सूचनामा भनिएको छ, “यसअघि अनलाइन भुक्तानी सुविधा नभएको अवस्थामा प्राधिकरणका केही वितरण केन्द्रहरूमा विद्युत् उपभोक्ताहरूले विद्युत् महसुल बुझाउने क्रममा हुने भीडलाई ध्यानमा राख्दै अतिरिक्त सहुलियतका रूपमा शनिबारका दिनमा सञ्चालन गरिँदै आएको विद्युत् महसुल संकलन काउन्टर हाल खोलिराख्न आवश्यक नदेखिएकाले १ कात्तिकदेखि लागू हुनेगरी बन्द हुने भएकाले सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।”

प्राधिकरणले हालसम्म केही वितरण केन्द्रहरुमा शनिबार पनि महसुल काउन्टर चलाउँदै आएको थियो । कार्यालयहरुमा शनिबार मात्रै सार्वजनिक बिदा हुने हुँदा महसुल तिर्न सहज होस् भन्ने उद्देश्यले हालसम्म ती काउन्टर खुला रहँदै आइरहेका थिए ।

विद्युतीय भुक्तानीलाई प्राथमिकता दिने उदेश्यका साथ प्राधिकरणले भौतिक काउन्टर बन्द गरी अनलाइन भुक्तानीलाई अगाडि बढाउने भएको छ । अहिले बिहान १० बजेदेखि राति १२ बजेसम्म विभिन्न वालेट तथा अनलाइन माध्यमबाट महसुल भुक्तानी गर्न सकिने व्यवस्था छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २४ आश्विन २०७९, सोमबार  १७ : १५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।