ङादी ग्रुप पावरको लिलामी (अवितरित) हकप्रद सेयरको सर्वसाधारण समुहतर्फको कटअफ मूल्य १६१ रुपैयाँ निर्धारण भएको छ ।
बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेडले कटअफ मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी आवेदन दिएकाहरूले कम्पनीको लिलामी सेयर पाउने जानकारी दिएको छ ।
ङादीले लिलामी प्रक्रियाबाट असोज २ गतेदेखि १३ गतेसम्म १२ लाख ५७ हजार २९० कित्ता सेयर लिलाम बढाबढमा बिक्रीमा ल्याएको थियो । तोकिएको अवधिभित्र प्राप्त बोलपत्र कम्पनी तथा विक्री प्रबन्धकको रोहबरमा साउन २४ गते सोमबार बिहान खोली कटअफ मूल्य तय गरिएको हो ।
कम्पनीले गत साउन १८ गतेदेखि भदौ ७ गतेसम्म १५० प्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको थियो । तर सो सेयरमा सर्वसाधारण समुहतर्फ १२ लाख ५७ हजार २९० कित्ता सेयर वितरण हुन सकेको थिएन ।
बोलकबोलमा प्रतिकित्ता न्यूनतम मूल्य १०० रुपैयाँ वा प्रतिस्पर्धी मूल्यमा न्युनतम १०० कित्ता र अधिकतम लिलामीमा आएको सबै कित्तासम्म माग गर्न सकिने व्यवस्था थियो ।
कम्पनीको हाल कायम चुक्ता पूँँजी ७० करोड ६९ लाख ३२ हजार ४०० रुपैयाँ छ । चुक्ता पुँजीको १५० प्रतिशत हकप्रद सेयर बिक्रीपछि कम्पनीको चुक्ता पूँजी १ अर्ब ७६ करोड ७३ लाख ३१ हजार रुपैयाँ पुग्नेछ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया