गुराँस लाइफ इन्स्योरेन्सको लाभांश मंगलबारसम्म कायम रहने सेयरधनीले मात्र पाउनेछन् ।
कम्पनीले कात्तिक ४ गते आह्वान गरेको १२ औं वार्षिक साधारण सभाका लागि असोज २६ गते बुधबार बुकक्लोज मिति तोकेको छ ।
बुकक्लोजको अघिल्लो कारोबार दिनसम्म कायम रहने सेयरधनी मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउने भएकाले लाभांश पाउन तथा साधारण सभा भाग लिन असोज २५ गते मंगलबारसम्म सेयरधनी भैसकेको हुनुपर्छ ।
कम्पनीको असोज १२ गते बसेको सञ्चालक समितिको बैठकले प्रधान कार्यालय, राज भवन तिनकुने काठमाडौंमा बिहान ११ बजे साधारण सभा आह्वान गर्ने निर्णय गरेको हो ।
सभाबाट कम्पनीले सेयरधनीलाई ७.४४ प्रतिशत बोनस सेयर र कर तिर्न ०.३९ प्रतिशत नगद गरी कुल ७.८३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन हुँदैछ । प्रस्तावित लाभांश अनुसार कम्पनीले १५ करोड ५१ लाख २० हजार रुपैयाँ बराबरको बोनस सेयर र बोनसको कर प्रयोजनका लागि ८१ लाख ६४ हजार २१० रुपैयाँ ५३ पैसा नगद गरी कुल १६ करोड २ लाख ८४ हजार २१० रुपैयाँ लाभांश वितरण गर्नेछ ।
हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब ८ करोड ४२ लाख ५० हजार रुपैयाँ छ । बोनस वितरणपछि कम्पनीको चुक्ता पुँजी २ अर्ब २३ करोड ९३ लाख ६९ हजार ९९४ रुपैयाँ पुग्नेछ ।
यस्तै यूनियन लाइफ र प्राइम लाइफ सँग मर्जर सम्बन्धि प्रारम्भिक सम्झौता पत्रको मस्यौदा स्वीकृत गर्नेछ । साथै, सभामा आर्थिक वर्ष २०७६।७७ को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल हुनेछ ।
सभाले आर्थिक वर्ष २०७७/७८ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव उपर पनि छलफल गरी पारित गर्नेछ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया