सिद्धार्थ क्यापिटलको लगानिकर्ता सचेतना तथा अन्तरक्रिया कार्यक्रम

0
Shares

सिद्धार्थ क्यापिटल लिमिटेडले विश्व लगानीकर्ता सप्ताहको अवसरमा धितोपत्र बजार सम्बन्धि लगानिकर्ता सचेतना तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरेको छ ।

क्यापिटलले असोज ३१ गते सोमबार इन्द्रेणी कलेज भरतपुर चितवनमा धितोपत्र बजारको नियमन निकायहरुको अन्तर्राष्ट्रिय संस्था इन्टरनेशनल अर्गनाइजेशन अफ सेक्युरिटीज कमिसन (आयस्को) को संयुक्त पहलमा कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रमको सहजीकरण नेपाल धितोपत्र बोर्डका सहायक निर्देशकहरु दिपेश चौलागाई र भुवन देशार तथा सिद्धार्थ क्यापिटल लिमिटेडका तर्फबाट मुक्तिनाथ सुवेदी, निराजन कार्की र नमिता कट्टेलले गरेकी थिइन् ।

उक्त कार्यक्रममा सय जना भन्दा बढी विद्यार्थी तथा अन्य सहभागिहरुको सहभागीता रहेको थियो । धितोपत्र बजार र लगानी सम्बन्धी विद्यार्थीका विभिन्न जिज्ञासाहरुलाई सहजकर्ताहरुले सम्बोधन गरेका थिए ।

विद्यार्थीहरूलाई धितोपत्र बजारका आधारभूत पक्षहरू र नेपालको धितोपत्र बजारमा लगानी गर्ने प्रक्रियाबारे जानकारी गराउने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गरिएको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: ३१ आश्विन २०७९, सोमबार  १९ : २८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।