अरुण काबेलीले डाक्यो साधारण सभा

0
Shares

अरुण काबेली पावर लिमिटेड (AKPL) ले कात्तिक ३० गते बुधबार बाह्रौं वार्षिक साधारण सभा आह्वान गरेको छ ।  कम्पनीको कात्तिक ६ गते बसेको सञ्चालक समितीको बैठकले उक्त मितिमा साधारण सभा गर्ने निर्णय गरेको हो ।

साधारण सभामा आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीहरुलाई चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव रहेको छ ।

हाल चुक्ता पूँजी १ अर्ब ८५ करोड ५२ लाख रुपैयाँ रहेको कम्पनीले १० प्रतिशतले हुन आउने १८ करोड ५५ लाख २१ हजार रुपैयाँ बराबरको बोनस सेयर र कर सहित ०.५२६३ प्रतिशतका दरले हुने १ करोड ५ लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गर्नेछ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि कम्पनीले कात्तिक १८ गते शुक्रबार सेयर दाखिल खारेजी (बुकक्लोज) गर्ने जानकारी दिएको छ । बुकक्लोज अनुसार कात्तिक १७ गते बिहीबारसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहने सेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

 

प्रकाशित मिति: ६ कार्तिक २०७९, आइतबार  १७ : ५६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।