सुनको भाउ कात्तिक १३ गते आइतबार तोलामा १ हजार रुपैयाँले घट्दा चाँदीको भाउ १५ रुपैयाँले घटेको छ ।
तिहारअघि कार्तिक ७ गते सोमबार सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको थियो भने तिहार सकिए लगतै सुनको भाउ तोलामा १ हजार रुपैयाँले गिरावट आएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार कात्तिक १३ गते आइतबार छापावाल सुनको भाउ प्रतितोला ९३ हजार रुपैयाँ र तेजावी सुनको भाउ ९२ हजार ५०० रुपैयाँमा कारोबार भैरहेको छ भने चाँदी आइतबार १५ रुपैयाँले घटेर प्रति तोला १ हजार २०० रुपैयाँमा कारोबार भएको छ ।
कात्तिक ७ गते सोमबार छापावाल सुन ९४ हजार रुपैयाँ, तेजावी सुनको भाउ ९३ हजार ५०० रुपैयाँ र चाँदीको भाउ १ हजार २१५ रुपैयाँमा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा पनि आज सुनको मूल्य घटेको छ । आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १६४५ डलर तथा चाँदी प्रतिऔंस १९.२६ डलर हाराहारीमा कारोबार भैरहेका छ ।
अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यको आधारमा महासङ्घले स्थानीय बजारमा दैनिक (आइतबारदेखि शुक्रबारसम्म) कारोबार हुने सुनचाँदीको मूल्य तोक्ने गरेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया