सानिमा क्यापिटल लिमिटेडले कात्तिक १६ गते बुधबारदेखि एक अर्ब २० करोड मूल्य बराबरको ‘सानिमा ग्रोथ फन्ड’ को १२ करोड इकाईको बिक्री खुला गर्दैछ ।
सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालनमा आउने उक्त योजनाको प्रतिइकाई १० रुपैयाँको दरले कुल १२ करोड इकाई बिक्रीमा आउन लागेको हो । जसमध्ये सानिमा ग्रोथ फन्डको १२ करोडमध्ये १५ प्रतिशत अर्थात १ करोड ८० हजार इकाई बिज पुँजी वापत छुट्टाइएको छ ।
कुल १ करोड ५६ लाख इकाई वा कुल बिक्री भएको इकाईको १३ प्रतिशत विज पुँजीवापत कोष प्रवद्र्धक सानिमा बैंकलाई र २ प्रतिशत अर्थात् २४ लाख इकाई योजना व्यवस्थापक सानिमा क्यापिटललाई सुरक्षित गरिएको हो ।
कात्तिक १६ गतेदेखि निष्कासन हुुने फण्डको १० करोड २० लाख इकाई खरिदका लागि आम सर्वसाधारण लगानीकर्ताले आवेदन दिन पाउने योजना व्यवस्थापक सानिमा क्यापिटलले जनाएको छ ।
कात्तिक २० गतेसम्म इकाई बिक्री खुला रहनेछ भने उक्त समयमा सबै इकाई बिक्री नभएमा कात्तिक ३० गतेसम्म आवेदन समय लम्बिनेछ । उक्त इकाई खरीदका लागि लगानीकर्ताले न्युनतम १०० कित्तादेखि अधिकतम १ करोड २० लाख कित्तासम्म माग गर्न सकिनेछ ।
इकाई खरिदका लागि मेरो सेयरको मोबाइल एप, मेरो सेयर सफ्टवेयर तथा नेपाल धितोपत्र बोर्डबाट सी–आस्वा सदस्यता प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरुबाट आवेदन दिन सकिनेछ ।
इच्छुक खरीदकर्ताहरूले योजना व्यवस्थापक तथा विक्री प्रबन्धक सानिमा क्यापिटलसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयसँगै मेरो सेयर वेबसाइट र एपमार्फत समेत आवेदन दिन सक्नेछन् ।
११ वर्षे अवधिको बन्दमुखी प्रकृतिको यो योजनाको इकाई बाँडफाँड पश्चात धितोपत्र दोस्रो बजारमा सूचीकृत गरी कारोबार गर्न सकिने व्यवस्था मिलाएको योजना व्यवस्थापकले जानकारी दिएको छ । योजनाले कमाएका खुद मुनाफाको अनुपातमा इकाईको अंकित मूल्यको आधारमा मुनाफा वितरण गर्नेछ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।












प्रतिक्रिया