सुनको मूल्यमा एकैदिन उच्च वृद्धि, चाँदी पनि बढ्यो

0
Shares

कार्तिक २५ गते शुक्रबार सुनको मूल्यमा उच्च वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एकैदिन सुन तोलामा १ हजार ३०० रुपैयाँ र चाँदी तोलामा १० रुपैयाँले बढेको हो ।

महासंघका अनुसार शुक्रबारका लागि छापावाला सुनको मूल्य ९६ हजार ७०० रुपैयाँ, तेजावी सुन ९६ हजार २०० रुपैयाँ र चाँदी प्रतितोला १ हजार २९५ रुपैयाँ निर्धारण गरिएको छ ।

हिजो बिहीबार सुनको भाउ स्थीर रहँदै छापावाला प्रतितोला ९५ हजार ४००, तेजावी सुन ९४ हजार ९००रुपैयाँ र चाँदी प्रतितोला १ हजार २८५ रुपैयाँमा कारोबार भएको थियो । बिहीबार चाँदीको भाउ तोलामा १० रुपैयाँले घटेको थियो ।

आज अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रति औंस १७६१ डलर तथा चाँदी प्रतिऔंस २१.९० डलरमा कारोबार भइरहेको छ । हिजो बिहीबार सुन औंस १७१० डलर तथा चाँदी प्रतिऔंस २१।१४ डलरमा कारोबार भएको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २५ कार्तिक २०७९, शुक्रबार  ११ : २५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।