कृति भेन्चर फन्ड लिमिटेडले विशिष्टिकृत लगानी कोष स्थापना तथा सञ्चालन गर्ने उदेश्यका साथ पुँजी वृद्धि गर्ने भएको छ ।
कम्पनी कम्पनीको असोज ३१ गते बसेको सञ्चालक समितिको बैठकले कोष स्थापना र सञ्चालन गर्न कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा संसोधन गर्ने विशेष प्रस्ताव सहित सभा डाकेको छ । मंसिर १९ गते टाइम्स स्क्वाइर रेस्टुरेन्ट, बालुवाटार, काठमाडौंमा दिउँसो १ बजे वार्षिक साधारण सभा बोलाइएको छ ।
सभाले विशिष्टिकृत लगानी कोष व्यवस्थापन गर्ने उदेश्यका लागि प्रबन्धपत्र तथा नियमावलीमा संसोधन गर्ने र कोष व्यवस्थापन गर्न स्थापना गर्न सञ्चालन गर्ने स्म्बन्धमा आवश्यक निर्णय गर्नेछ ।साथै कम्पनीले पुँजी वृद्धि गर्न हकप्रद सेयर पनि जारी गर्ने विशेष पनि प्रस्ताव साधारण सभामा राखेको छ ।
यसका अलवा सभाले आर्थिक वर्ष २०७८–७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने र आर्थिक वर्ष २०७९–८० का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव छ ।
सन् २०१७ मा स्थापना भएको कृति भेञ्चर फण्डलाई माछापुच्छ्रे बैंक तथा शिखर इस्योरेन्स कम्पनी र टीम भेञ्चर लिमिटेडले प्रबद्र्धन गरेका छन् ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया