युनियन हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्ष २०७९।८० को पहिलो त्रैमासमा १ करोड ४४ लाख २६ हजार रुपैयाँ नाफा आर्जन गरेको छ ।
गत आर्थिक वर्षको सोही अवधिमा १ करोड ३३ लाख ८७ हजार रुपैयाँ कमाएको कम्पनीको नाफा समीक्षा अवधिमा ७.७६ प्रतिशतले बढेको हो । बिद्युत बिक्री आय बढेसँगै कम्पनीको नाफा सुधारिएको हो ।
चुक्ता पुँजी ७५ करोड रुपैयाँ रहेको कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी ७.६९ रुपैयाँ छ भने जगेडा कोष ३३ करोड ३४ लाख रुपैयाँ ऋणात्मक रहँदा प्रतिसेयर नेटवर्थ ९५.५५ रुपैयाँ छ ।
असोज मसान्तसम्ममा कम्पनीको विद्युत् बिक्रीबाट २ करोड ८५ लाख ५ हजार रुपैयाँ कमाई गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा यसले विद्युत् बिक्रीबाट २ करोड ७० लाख रुपैयाँ आम्दानी गरेकोमा ५.२२ प्रतिशत वृद्धि भएको हो । विद्युत् बिक्रीबाट हुने आम्दानी बढेसँगै नाफा सुधारिएको हो ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया