काठमाडौँ । फोनपे पेमेण्ट सर्भिस लिमिटेडको सातौं वार्षिक साधारणसभा बुधबार म्यारियट होटल, नक्साल, काठमाडौँमा सम्पन्न भएको छ ।
फोनपेको सञ्चालक समितिका अध्यक्ष सशीन जोशीको अध्यक्षतामा बसेको सो वार्षिक साधारण सभाले आर्थिक वर्ष २०८२/८३ को वार्षिक वित्तिय विवरण र लेखापरिक्षक प्रतिवेदन पारित गर्ने निर्णय गरेको छ ।
आगामी आ.व. २०८३/८४ को लागि लेखापरिक्षकको रुपमा जीपी राजबहाक एण्ड कम्पनीलाई चार्टर्ड एकाउन्टेन्ट्सलाई नियुक्त गर्ने निर्णय साधारणसभाले गरेको छ ।






