स्ट्याण्डर्ड चार्टर्ड बैंकले मंसिर २५ गते डाक्यो साधारण सभा

0
Shares

स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडले मंसिर २५ गते ३६ औँ वार्षिक साधारण सभा डाकेको छ ।

बैंक सञ्चालक समितिको बैठकले त्रिभुवन आर्मी अफिसर्सक्लब, भद्रकाली, काठमाडौँमा मंसिर २५ गते आइतबार दिनको १ बजे साधारण सभा डाकेको हो ।

सभाले बैंकको चुक्ता पुँजीको १६.५१ प्रतिशतका दरले हुन आउने कर सहित रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

सभामा सर्वसाधारण सेयरधनीहरुको तर्फबाट बैंकको सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने एक जना सञ्चालकको निर्वाचन गर्ने, लेखापरीक्षण नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्ने एजेण्डा राखिएको छ ।

बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि मंसिर ७ गते बुधबार सेयर दाखिल खारेजी (बुकक्लोज) मिति तोकेको छ ।

बुकक्लोज अनुसार मंसिर ६ गते मंगलबारसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहन आउने सेयरधनीहरुले मात्र बैंकको साधारण सभामा सहभागिता जनाउन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।