ग्लोबल आइएमई बैंकको बोनसपछि कति तोकियो समायोजित सेयरमूल्य ?

0
Shares

ग्लोबल आइएमई बैंक लिमिटेडको सेयरमूल्य मंगलबार समायोजन भएको छ । 

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले बैंकको ३ प्रतिशत बोनस सेयरको बुकक्लोजसँगै सेयरमूल्य समायोजन गरेको हो । बैंकले मङ्सिर ७ गते बुधबार साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि बुकक्लोज तोकेको छ ।

बुकक्लोज अनुसार नेप्सेले बैंक अफ काठमाण्डू बैंकसँगको मर्जर सम्झौताअघि ( असार १ गते) को अन्तिम कारोबार मूल्यलाई आधार मानेर बोनस समायोजन गरेको हो ।  बैंकको ३ प्रतिशत ३ प्रतिशत बोनस समायोजनपछि प्रतिकित्ता २४४.०८ रुपैयाँ मूल्य निर्धारण गरेको छ । यसअघि असार १ गते बैंकको सेयर २५१.४० रुपैयाँमा अन्तिम पटक कारोबार भएको थियो ।

बैंकले लाभांश वितरण प्रयोजनका लागि मंसिर ७ गते बुकक्लोज गरेकाले मङ्सिर ६ गतेअघि नेप्सेमा सेयर कारोबार भई मङिसर १४ गतेसम्म बैंकको सेयर रजिष्ट्रार ग्लोबल आइएमई क्यापिटलमा प्राप्त सेयर नामसारीको आधारमा सेयरधनी दर्ता पुस्तिकामा कायम सेयरधनीहरुले मात्रै प्रस्तावित लाभांश पाउन र साधारण सभामा प्रतिनिधित्व जनाउन सक्नेछन् ।

ग्लोबल आइएमई बैंकले गत आवको नाफाबाट सेयरधनीलाई १०.६० प्रतिशत नगद र ३ प्रतिशत बोनस सेयर गरी कुल १३.६० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । सो लाभांश पारित गर्न बैंकले मङ्सिर २३ गते सिभल्भर ओके बैंक्वेट गैह्रीधारामा दिउँसो ११ बजे सोह्रौं वार्षिक साधारण सभा डाकेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।