चार महिनामा १७ अर्ब निक्षेप लिएर ४४ अर्ब कर्जा लगानी


चालु आर्थिक वर्षको पहिलो चार महिनामा वाणिज्य बैंकहरूले निक्षेपको साढे २ गुणा धेरै कर्जा लगानी गरेका छन् । बैंकले तरलता र कर्जा लगानी योग्य रकमको अभाव संगै ब्याजदर बढेका कारण कर्जाको माग घटेको भएपनि निक्षेपको तुलनामा कर्जा बढाएका हुन । 

बैंकहरूले गत असार ३० गत देखि मंसिर २ गतेसम्मको अवधिमा १७ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन । यो अवधि बैंकहरूले ४४ अर्ब कर्जा लगानी गरेको नेपाल बैकर्स संघले जनाएको छ । 

संघका अनुसार गत असार ३२ गते बैंकहरूको कुल निक्षेप ४५ खर्ब ४१ अर्ब रुपैयाँ रहेकोमा मंसिर २ गते आइपुग्दा बढेर ४५ खर्ब ५८ अर्ब पुगेको छ । त्यसैगरी सो अवधिमा बैंकहरुको ४१ खर्ब ७५ अर्ब कर्जा रहेको कर्जा लगानी बढाएर ४२ खर्ब १९ अर्ब पुर्याएका छन् । 

चालु आर्थिक वर्ष सुरु भएपनि बैंकहरुका लागि तरलता र कर्जा लगानी योग्य रकम अभावको समस्या निकै जटिल रह्यो । त्यसले गर्दा पनि बैंकहरुले नयाँ निक्षेप लिन निक्षेपको ब्याजदर बढाउँदा पनि सुधार हुन सकेन । त्यसैगरी उच्च आयात नियन्त्रणका लागि चालिएका नीतिगत व्यस्थाहरुले आर्थिक गतिविधिलाई सुस्तता पैदा गरेपछि त्यसको असर समेत बैंकिङ क्षेत्रमा देखियो । फलस्वरुप कर्जाको माग कम भयो । कर्जा माग भएपनि नयाँ निक्षेप नआएका कारण खुम्चिन पुग्यो । मंसिर २ गतेसम्म बैंकहरुको कर्जा निक्षेप अनुपात ८६.९१ प्रतिशत रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।