माछापुच्छ्रे बैंकको अध्यक्षमा डा. उपेन्द्र महतो नियुक्त

0
Shares

माछापुच्छे बैंकको अध्यक्षमा डा. उपेन्द्र महतो चयन भएका छन् । बैंकको सोमबार सम्पन्न ४७२ औं सञ्चालक समितिको बैंठकले महतोलाई सञ्चालक समिति अध्यक्ष चयन गरेको हो ।

बैंकका निर्वतमान अध्यक्ष डा. विरेन्द्र महतोले दिएको राजीनामा दिएपछि बैंकले उनको राजीनामा स्वीकृत गर्दै डा. उपेन्द्र महतोलाई नयाँ अध्यक्षमा चयन गरेको हो । बैंकको अध्यक्ष महतो गैर आवासिय नेपाली संघका संस्थापक अध्यक्ष समेत हुन् ।

निर्वतमान अध्यक्ष विरेन्द्र महतो मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधि सभातर्फ सिरहा–४ बाट सांसद चुनिएपछि उनले बैंकको अध्यक्षबाट राजीनामा दिएका थिए ।

जनता समाजवादी पार्टीबाट उम्मेदवार रहेका विरेन्द्र प्रसाद महतोले २४ हजार १०२ मत प्राप्त गरी जनमत पार्टीका वीरेन्द्र प्रसाद साहलाई ७ हजार ८०८ मतान्तरले पराजित गरेका हुन् । जनमत पार्टीका वीरेन्द्र प्रसाद साहले २३ हजार २९४ मात्र मत प्राप्त गरेका थिए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।