कम्प्लायन्समा सबैभन्दा कमजोर सनराईज र मेगा बैंक, ९ बैंकलाई सचेत देखि नगद जरिवाना


नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ९ बैंकलाई कारबाही गरेको छ । केन्द्रीय बैंंकले बैंकहरुलाई नियामकीय व्यवस्थाको पालना नगरेको भन्दै कारबाही तथा नगद जरिवाना तिराएको हो । 

राष्ट्र बैंकका अनुसार पहिलो त्रैमासमा धेरै नियामकीय पालना नगरेको काराणले मोग बैंक र सनराइ बैंक तीन फरक शिर्षकक अन्तर्गत कारबाहीमा परेका छन् । त्यसैगरी बैंक अफ काठमाण्डु दुई शिर्षकमा कारबाही परेको छ । त्यसमध्ये एक शिर्षक अन्तर्गत बैंकले २ करोड ११ लाख ८३ हजार रुपैयाँ जरिवाना समेत तिरेको छ ।

केन्द्रिय बैंकले कृषि विकास बैंकलालाई २० लाख रुपैया जरिवाना गरेको छ । बैंकले सम्पत्ति शुद्धिकरण सम्बन्धी ऐन र निर्देशनको उल्लंघन गरेको पाइएपछि कारवाही गरिएको केन्द्रिय बैंकले जनाएको छ । त्यस्तै, विपन्न बर्ग कर्जा प्रदान नगरे पछि बैंक अफ काठमाडौलाई दुई करोड ११ लाख रुपैयाँ जरिवाना गरेको छ । 

त्यस्तै, केन्द्रिय बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले रोक्का राख्न निर्देशन दिएको खाताहरुमा कारोबार गरेको पाइएपछि प्रभु बैंक, बैंक अफ काठमाडौं, कुमारी बैंक, प्राइम कमर्सियल बैंकका प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराएको केन्द्रिय बैंकले जनाएको छ । 

त्यस्तै, बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन २०७८ को निर्देशन अनुसार एकपटक प्रिमियम दर निर्धारण गरी ऋणीलाई दिइने कर्जा प्रस्ताव पत्रमा उल्लेख गरी कर्जा प्रवाह गरे पछि प्रिमियम दर वृद्धि गर्न वा कुनै किसिमको डिस्काउन्ट प्रदान गरी पुन: स्वत: वृद्धि हुने योजना लागू गर्न पाइदैन । तर,  हिमालयन बैंक, सनराईज बैंक, ग्लोबल आइएमई बैंक, मेगा बैंकले यो व्यवस्था विपरित काम गरेको पाइए पछि केन्द्रिय बैंकले बैंकका प्रमुख कार्यकारी अधिकृतलाई पहिलो पटक सचेत गराएको छ । 

त्यस्तै, कर्जा आधारदर भन्दा कम ब्याजदरमा प्रवाह गर्न नपाइने केन्द्रिय बैंकको व्यवस्था विपरित काम गरेको पाइए पछि सनराईज बैंक र मेगा बैंकका सञ्चालकलाई  केन्द्रिय बैंकले सचेत गराएको छ । साथै प्रमुख कार्यकारी अधिकृत अवकाश हुँदा थप सुविधा उपलब्ध गराएकोले सनराईज बैकका सञ्चालक समितिलाई सचेत गराएको छ । 

बैंकले लगानी गरेका केही कर्जाहरु विगत चार बर्ष देखि नियमित नभै कर्जा नवीकरण हुन नसकेका र कर्जाहरूको कुनै पनि विवरण समेत अद्यावधिक नभएको भन्दै केन्द्रिय बैंकले मेगा बैकलाई कारवाही गरेको छ । बैंकले यस्तो अवस्थामा पनि पर्याप्त कर्जा नोक्सानी व्यवस्था कायम नगरी निरन्तर कर्जा भुक्तानी सीमा बढाएको तथा बैकले राष्ट्र बैकले जारी गरेको एकीकृत निर्देशक बमोजिम केही कर्जाहरू वर्गीकरण तथा कर्जा नोक्सानी व्यवस्था कायम गरेको नदेखिएको राष्ट्र बैंकले जनाएको छ ।

साथै मेगा हाउजिङ लोन अन्र्तगत लोयल्टी फाइनान्स स्कीम मार्फत प्रवाह गरेको सम्पूर्ण कर्जा बक्यौता सवा तथा ब्याज असुल उपर गर्न उपभोग गरेको देखिएकोले नेपाल राष्ट्र बैक ऐन बमोजिमक बैंकका प्रमुख कार्यकारी अधिकृत र प्रमुख कर्जा अधिकृलाई पहिलो पटकको लागि सचेत गराएको छ ।  

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।