वैदेशिक रोजगारीमा गएकाले कुन–कुन बैंकमा अनलाइनबाट रेमिट्यान्स खाता खोल्न सक्छन् ?


नेपाल धितोपत्र बोर्डको पछिल्लो व्यवस्था अनुसार बैदेशिक रोजगारीमा गएकाहरुले आरक्षित सेयरमा आवेदन दिन सक्छन् । यसका लागि रेमिट्यान्स खाता अनिवार्य गरिएको छ ।

यस्तो खाता सञ्चालनका लागि श्रम स्वीकृति, राहदानी, भिसा अनिवार्य गरिएको छ । यसका साथै नागरिकता, पासपार्ट साइजको फोटो, हस्ताक्षरको फोटो लगायत पनि अनलाइनमा अपलोड गर्नुपर्ने हुन्छ ।

बैंक अनुसार फरक फरक शैलीमा अनलाइनबाट खाता खोल्न फारम भरे पछि बैंकहरुले भिडियो केवाइसीका लागि सम्पर्क गर्छन् । केही बैंकको हकमा उपलब्ध गराइएको सम्पर्क विबरणमा सम्पर्क गरि भिडियो केवाइसी गर्नुपर्ने हुन्छ । यसका लागि कुनै पनि मुलुकमा रहेका सेवाग्राहीले आफ्नो सही सम्पर्क विबरणहरु उपलब्ध गराउनु पर्ने हुन्छ ।

केही बैंकले धितोपत्र बोर्डको व्यवस्था पछि आईपिओ खाता नै सञ्चालन गरेका छन् भने केहीले यस अघि नै सञ्चालन गरिरहेको खाता योजनालाई निरन्तरता दिएका छन् । सबै किसिमका खाताहरुमा भिडियो केवाइसी हुने भएकाले सेवाग्राहीले उक्त समयमा सेयर बैदेशिक रोजगारीमा गएकाहरुले सेयर भर्न मिल्ने बैंक खाता खाल्ने जानकारी गराई मागिएका कागजात उपलब्ध गराउनु पर्ने हुन्छ ।

आफ्नो खाता रहेको आस्वा सदस्य बैंक वित्तीय संस्थाको वेबसाइटमा गई उपलब्ध सम्पर्क नम्बर, इमेल तथा अन्य माध्यमबाट पनि खाता रुपान्तरण तथा अनलाइन आवेदनका सम्बन्धमा जानकारी तथा सुझाव माग्नु पर्ने हुन्छ ।

यहाँ विभिन्न बैंकहरुको अनलाइनबाट नयाँ खाता खोल्न सकिने लिंक तथा सम्पर्क लिंकहरु सूचीमा राखिएको छ । हाइपरलिंक गरिएका अक्षरमा क्लिक गरी खाताको आवेदन दिने अनलाइनमा पुग्न तथा सम्पर्क गर्न सकिन्छ ।

अनलाइनबाट आवेदन दिने क्रममा नेपालबाट वा नेपाल बाहिरबाट भन्ने विकल्पमा नेपाल बाहिरबाट भन्ने विकल्प छनौट गर्नुपर्ने हुन्छ ।

१. एनआईसी एशिया बैंक ।। सम्पर्क विबरण ।

२. प्रभु बैंक ।। सम्पर्क विबरण ।

३. ग्लोबल आईएमई बैंक ।। सम्पर्क विबरण

४. कृषि विकास बैंकसम्पर्क विबरण

५. राष्ट्रिय वाणिज्य बैंक ।। सम्पर्क विबरण

६. नेपाल बैंक ।। सम्पर्क विबरण

७. सिटिजन्स बैंक इन्टरनेशनल ।। सम्पर्क विबरण

८. सिभिल बैंक ।। सम्पर्क विबरण

९. एनएमबि बैंक ।। सम्पर्क विबरण

१०. नबिल बैंक ।। सम्पर्क विबरण

११. लक्ष्मी बैंक ।। सम्पर्क विबरण

१२. कुमारी बैंक ।। सम्पर्क विबरण

१३. नेपाल इन्भेष्टमेण्ट बैंक ।। सम्पर्क विबरण

१४. हिमालयन बैंक ।। सम्पर्क विबरण

१५. प्राइम कमर्शियल बैंक ।। सम्पर्क विबरण

१६. एभरेष्ट बैंक ।। सम्पर्क विबरण

१७. बैंक अफ काठमाण्डू ।। सम्पर्क विबरण

१८. एनसीसी बैंक ।। सम्पर्क विबरण

१९. मेगा बैंक ।। सम्पर्क विबरण

२०. सानिमा बैंक ।। सम्पर्क विबरण

२१. सेञ्चुरी कमर्शियल बैंक ।। सम्पर्क विबरण ।

२२. सिद्धार्थ बैंक ।। सम्पर्क विबरण

२३. माछापुच्छ्रे बैंक ।। सम्पर्क विबरण

२४. सनराइज बैंक ।। सम्पर्क विबरण

२५. नेपाल एसबिआई बैंक ।। सम्पर्क विबरण

२६. स्टाण्डर्ड चार्टर्ड बैंक ।। सम्पर्क विबरण

वाणिज्य बैंकका साथै अन्य आस्वा सदस्य बैंक वित्तीय संस्थाको सूची तथा सम्पर्क विबरण यहाँबाट पनि हेर्न सकिन्छ ।

सेयर आवेदन गर्नका लागि निक्षेप सदस्यहरुको वेबसाइटबाट बैंक खाता जसरी नै डिम्याट खाता पनि खोल्न सकिन्छ । नयाँ बैंक खाता खोल्नेहरुले खाता सुचारु भएपछि र पुराना खाता रुपान्तरण गर्नेहरुले रुपान्तरण पछि डिम्याट खाता र मेरो सेयरका लागि आवेदन दिनुपर्ने हुन्छ । पहिले नै डिम्याट खाता तथा मेरो सेयर लिएकाहरुले बैंक खाता रुपान्तरण भए पछि वा उक्त प्रकृयामा बैंकसँग नयाँ सिआरएन नम्बर माग गर्नुपर्ने हुन्छ ।

माथि उल्लेख गरिएका अधिकांश बैंकहरुले डिम्याट खाता पनि साथमा खोल्न सक्ने व्यवस्था गरेका छन् । एउटै बैंकमा बैंक खाता र डिम्याट खाता खोल्दा सेवाग्राहीलाई प्रकृयागत सहजता हुन्छ । अन्य निक्षेप सदस्यकोमा पनि डिम्याट खाता खोल्न सकिन्छ ।

प्रभु क्यापिटलले सञ्चालनमा ल्यायो ‘रेमिट्यान्स डिम्याट खाता’, निःशुल्क स्कीम

डिम्याट खाता खोल्न तथा मेरो सेयर लिन सकिने निक्षेप सदस्यको सूची यहाँ क्लिक गरेर हेर्न तथा सम्पर्क गर्न सकिन्छ ।

अहिले मंसिर १४ गतेदेखि बैदेशिक रोजगारीमा गएकाहरुलाई लक्षित गर्दै कालिन्चोक केबलकारले १ लाख ८ हजार कित्ता सेयर निष्काशन गरिरहेको छ । निष्काशन सुरु भएको ५ दिनमा मंसिर १८ गते आइतबारसम्ममा जम्मा ७६१ वटा मात्र आवेदन परेको केन्द्रिय निक्षेप प्रणाली (सिडिएससी) ले जनाएको छ ।

मंसिर महिनामै अरु सेयर निष्काशन हुँदैछन् ।

OLD IPO news links