प्रभु क्यापिटलले सञ्चालनमा ल्यायो ‘रेमिट्यान्स डिम्याट खाता’, निःशुल्क स्कीम

0
Shares

प्रभु क्यापिटलले रेमिट्यान्स डिम्याट खाता सञ्चालनमा ल्याएको छ । “देशलाई योगदान, प्रभु क्यापिटलको सम्मान” भन्ने स्लोगन सहित क्यापिटलले यो निःशुल्क डिम्याट स्किम सञ्चालनमा ल्याएको हो ।

नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती लिई वैदेशिक रोजगारीमा रहेका तथा विदेशमा जान लागेका व्यक्ति तथा निजका परिवारजनहरुका लागि लक्षित गरी क्यापिटलले सो खाता योजना सञ्चालनमा ल्याएको हो ।

वैदेशिक रोजगारमा रहेका तथा जान लागेका व्यक्तिहरुको देशप्रतिको योगदानलाई सम्मान गर्दै सोही आरक्षित सेयरमा उनीहरुको सरल र सुलभ पहुँच तथा देशलाई रेमिटयान्समा उल्लेखनीय योगदानको सम्मान गर्दै क्यापिटलले नयाँ योजना सार्वजनिक गरेको हो । योजना अन्तर्गत डिम्याट खाता खोल्दा १ वर्षका लागि निःशुल्क वार्षिक शुल्क र मेरो सेयर सेवा पाउनेछन् ।

नेपाल धितोपत्र बोर्डले कम्पनीहरुले आईपीओ जारी गर्दा सर्वसाधारणमा निष्काशित सेयरको १० प्रतिशत सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपाली नागरिकका लागि छुटयाई बाडँफाँड गर्नुपर्ने प्रावधान लागू गरेको छ । सोही व्यवस्थालाई सघाउ पुर्‍याउने उदेश्यलाई सघाउन यो योजना ल्याएको प्रभु क्यापिटलले जनाएको छ ।

क्यापिटलका अनुसार सो योजनामा डिम्याट आवेदन समावेश हुनका लागि ग्राहकहरुले वैदेशिक रोजगारीको लागि सम्बन्धित निकायबाट स्वीकृति प्राप्त भएको प्रमाण संलग्न गर्नुपर्नेछ भने परिवारजनको हकमा डिम्याट आवेदन भर्दा नाता प्रमाणित कागजात आवश्यक हुनेछ ।

यस योजनामा देश वा विदेशमा श्रम स्वीकृती लिई कार्यरत रहेका तथा जान लागेको नेपालीहरुले संसारको जुनै ठाउँबाट पनि बिना कुनै झन्झट आफू र आफ्नो परिवारको लागि निःशुल्क डिम्याट खाता खोली लाभन्वित हुन सक्नेछन् ।

यस योजनामा देश वा विदेशमा रहनुहुने नेपालीहरुले स्वयम् उपस्थित रहेर खाता खोल्नुका साथै वेबसाइट तथा मोबाइल एपबाटै अनलाईन एप्लाई गरी भिडियो केवाइसी सहितको डिम्याट खाता आफू रहेको ठाउँबाटै खोल्न सक्ने क्यापिटलले जनाएको छ ।  व्यक्तिले अनलाई रिक्वेस्ट गदा भिडियो केवाईसी छनौट गरी आफू अनुकूल समयमा अपोन्टमेन्ट लिई सो मार्फत तुरुन्तै अनलाईन डिम्याट खोल्न सकिने क्यापिटलको भनाई छ ।

यस्ता छन् प्रभु क्यापिटलको रेमिट्यान्स डिम्याट खाताको विशेषताहरुः

  • यो योजनामा १ वर्षको लागि निःशुल्क डिम्याट खाता र मेरो सेयर अनलाइन सेवा प्रदान गरिनेछ ।
  • श्रमिक हितग्राहीसँगै निजका परिवारजनलाई समेत १ वर्ष निःशुल्क डिम्याट तथा मेरो सेयर खाता खोलिने
  • भिडियो केवाइसी मार्फत तुरुन्तै अनलाईन डिम्याट खाता खोल्न सकिने ।
  • डिम्याट खाता खोल्ने सेवा प्रभु क्यापिटलको वेबसाइट तथा मोबाइल एपबाटै प्राप्त गर्न सकिनेछ ।
  • लगानी व्यवस्थापन सेवाको वार्षिक शूल्कमा ५० प्रतिशत छुट ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।