प्रभु बैंकले डाक्यो साधारण सभा

0
Shares

प्रभु बैंकले आगामी पुस १४ गते बैंकको वार्षिक साधारण सभा डाकेको छ ।

मंसिर २१ गते बसेको बैंक सञ्चालक समितिको बैठकले बैंकको केन्द्रीय कार्यालय, बवरमहल, काठमाडौंमा बिहान ९ बजे २१ औं वार्षिक साधारण सभा बोलाएको हो ।

सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पुँजीको ६.५० प्रतिशत बोनस सेयर र १.५० प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव अनुमोदन गर्नेछ ।

बैंकले गत आर्थिक वर्ष २०७८/७९ को वितरण योग्य मुनाफाबाट सेयरधनीहरुलाई एक अर्ब १ करोड ६६ लाख ९६ हजार ३३३ रुपैयाँ लाभांश वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ । बैंक सञ्चालक समितिको मंसिर १ गते बिहीबार सम्पन्न बैठकले बैंकको हाल कायम चुक्ता पुँजीको ६.५० प्रतिशत ( ८२ करोड ६० लाख ६५ हजार ७७१ रुपैयाँ ३८ पैसा) बोनस सेयर र बोनसमा लाग्ने कर प्रयोजनार्थ सहित १.५० प्रतिशत नगद (१९ करोड ६ लाख ३० हजार ५६२ रुपैयाँ) लाभांश गरी कुल ८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

हाल १२ अर्ब ७० करोड ८७ लाख ४ हजार १७५ रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको प्रस्तावित बोनस सेयर वितरणपछि १३ अर्ब ५३ करोड ४७ लाख ६९ हजार ९४६ रुपैयाँ पुग्नेछ ।

साथै सभामा बैंकले सेञ्चुरी कमर्सियल बैंकलाई १ः१ सेयर स्वाप रेसियोमा प्राप्तिका लागि अन्तिम स्वीकृति प्रदान गर्ने, प्राप्ति गर्ने सम्बन्धमा छलफल गरी पारित गर्ने तथा संयुक्त प्राप्ति समितिले गरेको निर्णय लगायतका सम्पूर्ण कार्य अनुमोदन गर्ने विशेष प्रस्ताव छ ।

यसका अलवा आर्थिक वर्ष २०७८–७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७९–८० का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि रहेको छ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ पुस १ गते शुक्रबार सेयर दाखिल खारेजी (बुकक्लोज) गर्ने भएको छ । बुकक्लोज अनुसार मंसिर २९ गतेसम्म कायम रहने सेयरधनीले मात्र साधारण सभामा भाग लिन र प्रस्तावित लाभांश पाउनेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।