मेगा बैंकको समायोजित सेयर मूल्य २०४ रुपैयाँ ६२ पैसा

0
Shares

मेगा बैंक नेपालको समायोजित सेयर मूल्य प्रतिकित्ता २०४ रुपैयाँ ६२ पैसा कायम भएको छ । बैंकको चुक्ता पुँजीको ४ प्रतिशत बोनस समायोजनपछि सो मूल्य निर्धारण गरिएको हो ।

नेप्सेका अनुसार बुधबारको अन्तिम मूल्य २१२ रुपैयाँ ८० पैसालाई आधार मानेर बोनस समायोजन गरिएको हो । बिहीबार सार्वजनिक विदा थियाे । बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ मंसिर २३ गते शुक्रबार बुकक्लोज गरेको हो ।

अब मेगा बैंकको सेयर आइतबार समायोजित मूल्यलाई आधार मानेर खुला हुनेछ ।

प्रस्तावित लाभांश पारित गर्न तथा नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्जर प्रस्ताव पारित गर्न बैंकले पुस ७ गते राष्ट्रिय सभा गृह, प्रदर्शनीमार्गमा बिहान १० बजे साधारण सभा आह्वान गरेको छ ।

सभाले मेगा बैंकको १०० कित्ता बराबर इन्भेष्टमेन्ट बैंकको ९० कित्ता सेयर अनुपात कायम हुने गरी एक आपसमा गाभ्ने गाभिने कार्यलाई अन्तिम स्वीकृती प्रदान गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।

साथै चुक्ता पूँजी १६ अर्ब १२ करोड ४ लाख रुपैयाँको ४ प्रतिशतले हुने आउने ६४ करोड ४८ लाख रुपैयाँ बराबरको बोनस सेयर र ३.७९ प्रतिशतले हुने आउने ६१ करोड २ लाख रुपैयाँ (कर सहित) नगद लाभांश वितरण गर्ने प्रस्ताव सभाबाट अनुमोदन हुनेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।