बैंक अफ काठमाण्डूका सीईओ मास्केको पारिश्रमिक ५० प्रतिशतले घट्यो

0
Shares

बैंक अफ काठमाण्डू लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) श्रवण लाल मास्केको तलव सुविधा अघिल्लो आर्थिक वर्षको तुलनामा ५०.११ प्रतिशतले घटेको छ ।

सीईओ मास्केले बैंकबाट आर्थिक वर्ष २०७८।७९ मा १ करोड २७ लाख ८५ हजार २७४ रुपैयाँ पारिश्रमिक (तलव तथा भत्ता) बुझेका छन् । अघिल्लो आर्थिक वर्षमा तीनै मास्केले पारिश्रमिक वापत बैंकबाट २ करोड ५६ लाख २७ हजार ९२५ रुपैयाँ भुक्तानी लिएका थिए ।

अघिल्लो आवको तुलनामा सेयरधनीलाई उच्च लाभांश दिएको बैंकको प्रमुख कार्यकारी अधिकृतहरुको सेवा सुविधामा भने उच्च गिरावट देखिएको हो । शुक्रबार सम्पन्न २८ औं वार्षिक साधारण सभाबाट बैंकले आव २०७८।७९ बाट ६ प्रतिशत बोनस र १४.९५ प्रतिशत नगद लाभांश गरी २०.९५ प्रतिशत लाभांश अनुमोदन गरेको छ । अघिल्लो आवमा भने बैंकले चुक्ता पुँजीको १० प्रतिशत बोनस र ४ प्रतिशत नगद गरी कुल १४ प्रतिशत लाभांश पारित गरेको थियो ।

बैंकले प्रकाशित गरेको २८ औं वार्षिक प्रतिवेदन अनुसार बैंक अफ काठमाण्डूले सीईओ मास्केलाई तलव तथा भत्ताका अलवा नियम बमोजिम प्रदान गर्ने सुविधाहरु सञ्चयकोष, औषधोपचार, सवारी साधन सुविधा, मोबाइल फोनको भुक्तानी र बोनस ऐन बमोजिमको बोनस सुविधा उपलब्ध गराएको छ । यो शीर्षकमा बैंकले दिएको सुविधा रकम भने उल्लेख गरेको छैन ।

बैंकका प्रबन्धक वा सोभन्दा उच्च पदस्थ पदाधिकारीहरु (सीईओ बाहेक) लाई यस अवधिमा तलव र भत्ता बाहेक १७ करोड २ लाख ५७ हजार ३६४ रुपेयाँ र कर्मचारीलाई नियम बमोजिम प्रदान गर्ने सुविधाहरु सञ्चयकोष, औषधोपचार, सवारी साधन सुविधा, मोबाइल फोनको भुक्तानी र बोनस ऐन बमोजिमको बोनस सुविधा उपलब्ध गराएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।