बैंकहरूले वातावरणीय परिवर्तनले निम्त्याएको जोखिम पुँजीकोष मार्फत सम्बोधन गर्नु पर्छ : गभर्नर अधिकारी


नेपाल  राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले वातावरण परिवर्तनका कारण बैंकिङ क्षेत्रमा परेको जोखिमलाई पनि पुँजी कोषको माध्यमबाट नै सम्बोधन गर्नु पर्ने बताएका छन । उनले साउद इष्ट एसियन राष्ट्रका गभर्नरहरुको सम्मेलनमा वातावरणीय परिवर्तनको असर बैंकिङ क्षेत्रमा पनि परका बताएका हुन ।  

नेशनल बैंक अफ कम्बोडियाले सिम रिपमा आयोजना गरको साउथ इष्ट एसियन सेन्ट्रल बैंक९सीसन० आइएमएफ एसटिआई हाइ लेभल सेमिनार तथा सीसेनको ५८ औं गभर्नर कन्फरेन्स र सीसेनको ४२ औं गभर्नर बैठकमा बोल्दै गभर्नर अधिकारीले वातावरणीय परिवर्तनको जोखिम न्यूनीकरण गर्न बैंकहरूले पुँजीकोषको व्यवसथा गर्नु पर्ने औँल्याएका हुन । कार्यक्रममा युरोपियन केन्द्रीय बैंककी अध्यक्ष क्रिष्टिना लेगार्ड, अन्तर्राष्ट्रिय मुद्राकोषका अधिकारीहरू, सदस्य राष्ट्रका केन्द्रीय बैंकका गभर्नरहरूको सहभागिता रहेको थियो । 

उक्त सेमिनारमा कोरोना सङ्क्रमणले विश्व अर्थतन्त्रमा पारेको प्रभाव, विश्वव्यापी आर्थिक मन्दीको संकेत, बढ्दो मुद्रास्फीति र वातावरणीय परिवर्तनले वित्तीय प्रणालीमा पारेको प्रतिकूल प्रभाव लगायतका नीतिगत चुनौतीहरूको बारेमा विज्ञहरूको प्रस्तुति सहित छलफल भएको थियो । 

कार्यक्रममा अध्यक्ष लेगार्डले कोरोना संक्रमण, युक्रेन युद्ध, इन्धनको सीमित श्रोत लगायत पछिल्लो विकसित परिस्थितिबाट विश्वव्यापी रूपमा बढेको मुद्रास्फीति नियन्त्रण गर्नु सबै केन्द्रीय बैंकको लागि चुनौतीको विषय बनको बताए । उनले केन्द्रीय बैंकहरूले वातावरणीय परिवर्तन, महामारी लगायतका क्षेत्रका विशेषज्ञहरूसँग समेत परामर्श गरी नीति तयार गर्नुपर्ने अवस्था देखिएको बताए । उक्त कार्यक्रममा अन्तर्राष्ट्रिय मुद्राकोषको तर्फबाट पनि विभिन्न विषयहरूमा प्रस्तुतीकरण र राउन्ड टेबल छलफल भएको थियो । 

सीसेनका कार्यकारी निर्देशक मंगोल गोश्वामीले २०२२ मा भएका गतिविधि तथा चालु रणनीतिको कार्यान्वयन अवस्थाका बारेमा जानकारी गराएका थिए । बैठकमा सन् २०२३ का लागि प्रस्तावित कार्यक्रम, बजेट, लेखापरीक्षकको नियुक्ति लगायतका विषयमा प्रस्ताव समेत स्वीकृत भएका छन् । हाल एशिया प्यासिफिक क्षेत्रका १९ वटा केन्द्रीय बैंकहरूको प्रतिनिधित्व रहेको सीसेनमा संस्थापक सदस्यको हैसियतले नेपालका तर्फबाट गभर्नर अधिकारीले सहभागिता भएका थिए । कार्यक्रममा नेपाल राष्ट्र बैंकबाट निर्देशक राजन विक्रम थापाको समेत सहभागिता थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।