एभरेष्ट बैंक लिमिटेडको आज सम्पन्न हुने वार्षिक साधारण सभाबाट आर्थिक वर्ष २०७८/७९ को नाफाबाट प्रस्ताव गरेको कुल २०.६८ प्रतिशत लाभांश अनुमोदन हुँदैछ ।
बैंकले गत आवबाट सेयरधनीलाई चुक्ता पुँजी ९ अर्ब ४२ करोड ७३ लाख ४० हजार २०९ रुपैयाँको १३ प्रतिशत बोनस सेयर र बोनस सेयरमा लाग्ने करसमेत ७.६८ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । उक्त लाभांश सेयरधनीलाई वितरण गर्ने प्रस्ताव आजको सभाले पारित गर्नेछ ।
साधारण सभा र लाभांश वितरण प्रयोजनार्थ बैंकले मंसिर १३ गते मंगलबार बुकक्लोज गरेको थियो । यसअनुसार मंसिर १२ गते सोमबारसम्म कायम सेयरधनीले मात्र लाभांश पाउनेछन् ।
साधारण सभा लैनचौर बैंक्वेट लैनचौर, काठमाडौंमा बिहान ११ बजे आह्वान गरिएको छ । सभाले बैंकको अधिकृत पुँजी १० अर्ब रुपैयाँबाट बढाएर १५ अर्ब रुपैयाँ पुर्याउने, हालै साधारण सेयरमा परिणत गरेको ७ प्रतिशत अग्राधिकार सेयरपछि पुँजी वृद्धि हुने भएकाले सोही बमोजिम प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने तथा लेखापरिक्षक नियुक्त र पारिश्रमिक निर्धारण लगायतका एजेन्डाहरु उपर छलफल गरी पारित गर्नेछ ।
बोनस सेयर वितरण पश्चात एभरेष्ट बैंकको चुक्ता पुँजी १० अर्ब ६५ करोड २८ लाख ९४ हजार ४३६ रुपैयाँ १० पैसा पुग्नेछ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया