एनबीए कार्यकारी समिति सदस्यमा एभरेष्ट बैंकका सीईओ खालिङ्ग चयन

0
Shares

वाणिज्य बैंकका बैंकरहरूको संगठन नेपाल बैंकर्स संघ (एनबीए) को कार्यकारी समिति सदस्यमा एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुदेश खालिङलाई चयन गरेको छ ।

यसअघि मेगा बैंककी पूर्वसीईओ अनुपमा खुन्जेली उक्त बैंकबाट बाहिरिएपछि रिक्त रहेको सदस्य पदमा खालिङ निर्वाचित भएका हुन् ।

होटल एभरेष्ट बानेश्वरमा सोमबार सम्पन्न एनबीएको ३६ औं वार्षिक साधारण सभाले माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला र नेपाल एसबीआई बैंकका प्रमुख कार्यकारी अधिकृत दीपक कुमार डेलाई पनि पुनः अर्को एक कार्यकालका लागि निर्वाचित गरेको छ ।

माछापुच्छ्रेका कोइराला र एसबीआई बैंकका डेले यसअघि पनि कार्यसमितिमा रहेर एक कार्यकाल काम गरेका छन् । उनीहरु पुनः दोहोरिएका हुन्। एनबीएमा सदस्यहरु दुई कार्यकाल रहन पाउने व्यवस्था छ ।

यस्तै बैंकर्स संघका अन्य सदस्यमा लक्ष्मी बैंकका अजयकुमार साह, नेपाल बैंकका कृष्णबहादुर अधिकारी, सनराइज बैंकका सुनम शर्मा र एनआईसी एशिया बैंकका रोशन कुमार न्यौपाने छन् । संघको सल्लाहकारमा पूर्वअध्यक्षहरू अनिल केशरी शाह, अशोक राणा र ज्ञानेन्द्र प्रसाद ढुंगाना रहेका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

प्रकाशित मिति: २६ मंसिर २०७९, सोमबार  १८ : ०६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।