सिद्धार्थ बैंकको साधारण सभा पुस २८ गते, पुस १२ गतेसम्म कायम सेयरधनीले लाभांश पाउने

0
Shares

सिद्धार्थ बैंक लिमिटेडले पुस २८ गते २१ औं वार्षिक साधारण सभा बोलाएको छ । बैंकले प्रस्ताव गरेको कुल १३.१६ प्रतिशत लाभांश सहितका विविध प्रस्ताव पारित गर्न बैंकले त्रिभुवन अफिसर्स क्लब भद्रकालीमा सभा डाकेको हो ।

वार्षिक साधारण सभाले लाभांश प्रस्ताव सहित गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा प्राप्ती प्रक्रियामा जाने भएमा आवश्यक सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय गर्ने विशेष प्रस्ताव रहेको छ ।

बैंकले साधारण सभाबाट गत आर्थिक वर्ष २०७८।७९ सम्मको वितरणयोग्य मुनाफाबाट चुक्ता पूँजी १२ अर्ब ५२ करोड ४४ लाख २६ हजार ८३१ रुपैयाँको १२.५० प्रतिशत (१ अर्ब ५६ करोड ५५ लाख ५३ हजार ३५४ रुपैयाँ) बोनस सेयर र कर प्रयोजनका लागि ०.६६ प्रतिशत (८ करोड २३ लाख ९७ हजार ५४५ रुपैयाँ) नगद लाभांश लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । मङ्सिर २० गते बसेको बैंकको सञ्चालक समिति बैठकले कुल १ अर्ब ६४ करोड ७९ लाख ५० हजार ९०० रुपैयाँ लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

साधारण सभा तथा प्रस्तावित लाभांश वितरण प्रयोजनार्थ बैंकले पुस १३ गते बुधबार सेयर दाखिल खारेजी (बुकक्लोज) गर्ने भएको छ । बुकक्लोज अनुसार पुस १२ गते मंगलबारसम्म नेप्सेमा सेयर कारोार भई कायम रहने सेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्नेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ६ पुस २०७९, बुधबार  १८ : ०९ बजे