बुटवल पावर कम्पनीले आर्थिक वर्ष २०७८/७९ को सञ्चित मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ ।
कम्पनी सञ्चालक समितिको पुस ७ गते बिहीबार सम्पन्न बैठकले चुक्ता पुँजीको ५ प्रतिशत बोनस र ७.५० प्रतिशत नगद गरि कुल १२.५० प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।
सञ्चालक समितिको बैठकले प्रस्ताव गरेको सो लाभांश कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र लगानीकर्तामा वितरण हुनेछ ।
लाभांश सहितका अन्य प्रस्तावहरु पारित गर्न बुटवल पावरले आगामी पुस ३० गते कार्की ब्यान्क्वेटमा साधारण सभा समेत आह्वान गरेको छ ।
कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनार्थ पुस १८ गतेदेखि पुस ३० गतेसम्म सेयर दाखिल खारेजी (बुकक्लोज) गर्ने निर्णय गरेको छ । बुकक्लोज अनुसार पुस १७ गते आइतबारसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउनेछन् ।










प्रतिक्रिया