एनआईसी एशिया बैंकको डिजिटल बैंकिङ सेवा अवरुद्ध हुने

0
Shares

एनआईसी एसिया बैंकको डिजिटल बैंकिङ कारोबारहरु शनिबार अपराह्नसम्म अवरुद्ध हुने भएको छ ।

बैंकले सूचना प्रकाशित गर्दै शुक्रबार बैंकिङ कारोबार समयपछि शनिबार अपराह्नसम्म डिजिटल बैंकिङ कारोबारहरु अवरुद्ध हुने बताएको हो । बैंकले कोर बैंकिङ सिस्टम (सीबीएस) स्तरोन्नतिका लागि यी सेवाहरु अवरुद्ध हुने जानकारी दिएको छ ।

यस अवधिमा बैंकको इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, एटीम, कार्ड (क्रेडिट÷प्रिपेड डलर कार्ड बाहेक), रेमिट्यान्स लगायतका सेवाहरु अवरुद्ध रहने बैंकले जनाएको छ ।

सेवा अवरुद्ध समयमा आइपर्न सक्ने अत्यावश्यक कारोबारका लागि बैंकको ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्न पनि बैंकले आग्रह गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।