वाणिज्य बैंकहरुको ६ महिनाको खुद नाफा ३४ अर्ब, १५ बैंकले बढाउँदा ७ को घट्यो

0
Shares

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ३३ अर्ब ७५ करोड १९ लाख ५९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा १३.८१ प्रतिशत धेरै हो । अघिल्लो आवको सोही अवधिमा बैंकहरुले २९ अर्ब ६५ करोड ७५ लाख रुपैयाँ खुद नाफा कमाएका थिए ।

सञ्चालनमा रहेका २२ मध्ये २१ बैंक नाफामा छन् भने कृषि विकास बैंक भने १३ करोड रुपैयाँ नोक्सानीमा रहेको छ । कृषि विकास बैंकको बढ्दो खराब कर्जाका कारण सम्भावित कर्जा नोक्सानी व्यवस्था (इम्पेरिमेन्ट चार्ज) बढ्दा बैंक १३ करोड नोक्सानीमा पुगेको छ । राष्ट्र बैंकको निर्देशन अनुसार बैंकले २ अर्ब १७ करोड रुपैयाँ सम्भावित कर्जा नोक्सानी वापत व्यवस्था गरेपछि बैंकको नाफा १०९ प्रतिशतले घटेर १२ करोड ८९ लाख रुपैयाँ ऋणात्मक हुन पुगेको हो ।

चालु आर्थिक वर्षको ६ महिना अवधिमा नबिल बैंकले सबैभन्दा धेरै ३ अर्ब ४१ करोड ७७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको ६ महिना अवधिको तुलनामा ५६.६७ प्रतिशतले धेरै हो । नेपाल बंगलादेश बैंकलाई प्राप्ती गरेपछि नबिल बैंकको नाफामा उच्च वृद्धि भएको हो । एनआईसी एशिया बैंकले ३६ प्रतिशतले नाफा बढाएर ३ अर्ब २७ करोड ३३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

यस्तै बैंक अफ काठमाण्डूलाई प्राप्ती गरी पूँजीका आधारमा सबैभन्दा ठूलो बनेको ग्लोबल आइएमई बैंकले पुस मसान्तसम्ममा २ अर्ब ७८ करोड २३ लाख रुपैयाँ नाफा कमाएको छ । बैंकको नाफा ४.४२ प्रतिशतले मात्रै बढेको छ । बैंक अफ काठमाण्डूले एकीकृत कारोबारको अघिल्लो दिनसम्म २४ पुससम्म गरेको नाफा बैंकले रिटर्न अर्निङमा ट्रान्सफर गरेको जनाएको छ ।

यस्तै सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले २ अर्ब ७१ करोड १८ लाख रुपैयाँ नाफा कमाएको छ । बैंकले खुद नाफा ४१.२८ प्रतिशतले बढाएको हो । यस्तै नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले २ अर्ब ८ करोड ६३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अन्य बैंकहरुको नाफा २ अर्ब रुपैयाँभन्दा कम छ ।

बाह्र बैंकको खुद नाफा एक अर्बभन्दा धेरै दुई अर्बभन्दा कम रहेको छ । यस अवधिमा एनएमबि बैंकले १ अर्ब ९० करोड, स्ट्याण्डर्ड चार्टर्ड बैंकले १ अर्ब ७५ करोड, प्राइम कमर्सियल बैंकले १ अर्ब ६५ करोड, एभरेष्ट बैंकले १ अर्ब ५८ करोड, कुमारी बैंकले १ अर्ब ५३ करोड, सानिमा बैंकले १ अर्ब २८ करोड, प्रभु बैंकले १ अर्ब २० करोड, नेपाल एसबिआई बैंकले १ अर्ब १७ करोड, नेपाल बैंकले १ अर्ब १७ करोड, सिद्धार्थ बैंकले १ अर्ब १६ करोड, लक्ष्मी बैंकले १ अर्ब ७ करोड र माछापुच्छ्रे बैंकले १ अर्ब २ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

S.N. Commercial Banks Net Profit
2079 Poush 2078 Poush Change%
1 Nabil Bank Limited 3417698.00 2181420.00 56.67
2 NIC Asia Bank Limited
3273330.26 2402066.31 36.27
3 Global IME Bank Limited 2782379.00 2663384.00 4.47
4 Rastriya Banajya Bank 2711851.61 1919505.72 41.28
5 Nepal Investment Mega Bank  2086307.00 1624324.00 28.44
6 NMB Bank Limited 1901153.00 1711519.00 11.08
7 Standard Chartered Bank
1753635.00 1086770.00 61.36
8 Prime Commercial Bank
1652044.75 1678589.95 -1.58
9 Everest Bank Limited 1588003.00 838920.00 89.29
10 Kumari Bank Limited 1530707.07 951738.183 60.83
11 Sanima Bank Limited 1285379.52 1077068.52 19.34
12 Prabhu Bank Limited 1199961.00 1262010.00 -4.92
13 Nepal SBI Bank Limited 1177194.32 782781.12 50.39
14 Nepal Bank Limited 1170655.43 1417058.84 -17.39
15 Siddhartha Bank Limited 1161199.79 1577313.80 -26.38
16 Laxmi Bank Limited 1077115.00 817398.00 31.77
17 Machhapuchhre Bank Limited 1025262.14 1010830.47 1.43
18 Himalayan Bank Limited 954704.99 743450.90 28.42
19 Citizen Bank International Ltd. 841333.05 1239349.55 -32.11
20 Sunrise Bank Limited 653957.25 745544.61 -12.28
21 Civil Bank Ltd 637022.00 504001.00 26.39
22 Agriculture Development Bank  -128933.57 1422512.58 -109.06
Total 33880893.17 29657556.54 14.24

 

पुस मसान्तसम्म चार वाणिज्य बैंकहरुले एक अर्बभन्दा कम नाफा कमाएका छन् । हिमालयन बैंकले ९५ करोड ४७ लाख, सिटिजन बैंक ८४ करोड १३ लाख, सनराइज बैंक ६५ करोड ३९ लाख र सिभिल बैंकले ६३ करोड ७० लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

पन्ध्रले नाफा बढाउँदा सात बैंकको घट्यो

समीक्षा अवधीमा १५ बैंकले खुद नाफा बढाउँदा ७ बैंकको नाफा घटेको छ । पाँच बैंकहरु एभरेष्ट, स्ट्याण्डर्ड चार्टर्ड, कुमारी, नबिल र नेपाल एसबिआई बैंकको नाफा ५० प्रतिशतभन्दा धेरैले बढेको हो ।

एभरेष्ट बैंकले गत आवको दोस्रो त्रैमासको तुलनामा ८९ प्रतिशत, स्ट्याण्डर्ड चार्टर्ड बैंकले ६१, कुमारी बैंक ६०, नबिल बैंकले ५६ प्रतिशत र नेपाल एसबिआई बैंकको खुद नाफा ५० प्रतिशतभन्दा धेरैले बढेको छ ।

चालु आवको ६ महिना अवधिमा अन्य ७ वाणिज्य बैंकहरुको नाफा पनि घटेको छ । यस अवधिमा कृषि विकास बैंक, सिटिजन्स बैंक, सिद्धार्थ बैंक, नेपाल बैंक, सनराइज बैंक, प्रभु बैंक, प्राइम कमर्सियल बैंकको पनि नाफा घटेको छ । कोभिड–१९ संक्रमणका कारण बैंक तथा वित्तीय संस्थाहरुको प्रवाहित कर्जा असुलीमा सहजता नभई खराब कर्जा बढेको छ । यसरी खराब कर्जा बढेपछि जोखिम व्यवस्थापन बढ्दा बैंकहरुको नाफा प्रभावित भएको हो ।

कृषि विकास बैंकको नाफा सर्वाधिक १०९ प्रतिशत घटेर १२ करोड ८९ लाख नोक्सानीमा पुगेको छ । यस्तै सिटिजन्स बैंकको ३२.११, सिद्धार्थ २६.३८, नेपाल बैंक १७.३९, सनराइज बैंक १२.२८, प्रभु बैंक ४.९२ र प्राइम कमर्सियल बैंकको खुद नाफा पनि १.५८ प्रतिशतले घटेको छ ।

कसको इपीएस कति ?

चालु आवो दोस्रो त्रैमासको वित्तीय विवरण अनुसार एनआईसी एशिया बैंकको वार्षिक प्रतिसेयर आम्दानी (इपीएस) सबैभन्दा धेरै ५६ रुपैयाँ ७७ पैसा रहेको छ । यस्तै स्ट्याण्डर्ड चार्टडको ३७ रुपैयाँ १९ पैसा, राष्ट्रिय वाणिज्य बैंक ३७ रुपैयाँ ५ पैसा, एभरेष्ट बैंकको २९ रुपैयाँ ६९ पैसा, नेपाल एसबिआई बैंकको २३ रुपैयाँ ९६ पैसा, नबिल बैंकको २३ रुपैयाँ ३३ पैसा, एनएमबि बैंकको २० रुपैयाँ ७० पैसा र सानिमा बैंकको पार्षिक प्रतिसेयर आम्दानी २० रुपैयाँ ६९ पैसा रहेको छ ।

यस्तै माछापुच्छ्रे बैंकको १९ रुपैयाँ ९९ पैसा, लक्ष्मी बैंक १८ रुपैयाँ ६५ पैसा, ग्लोबल आइएमई बैंक १८ रुपैयाँ ७ पैसा, प्राइम १७ रुपैयाँ ३ पैसा, सिद्धार्थ बैंक १६ रुपैयाँ ५३ पैसा, नेपाल बैंक १५ रुपैयाँ ९३ पैसा र नेपाल इन्भेष्टमेन्ट मेगा बैंक १५ रुपैयाँ ६१ पैसा इपीएस कायम भएको छ ।
यस अवधिमा ६ बैंकको इपीएस १०भन्दा धेरै १५ रुपैयाँभन्दा कम छ । ती बैंकहरुमा सिभिल बैंक, हिमालयन बैंक, सनराइज बैंक, सिटिजन, कुमारी र प्रभु बैंक रहेको छ । कृषि विकास बैंकको ४ रुपैयाँ ४३ पैसा ऋणात्मक छ ।

एघार बैंकको इपीएस बढ्यो, एघारकै घट्यो

अघिल्लो आवको दोस्रो त्रैमासको तुलनामा ११ बैंकको वार्षिक प्रतिसेयर आम्दानी बढेको छ भने ११ बैंकको घटेको छ । यस अवधीमा एनआईसी एशिया बैंकको सबैभन्दा धेरै १५ रुपैयाँ ३४ पैसा बढेको छ । यस्तै स्ट्याण्डर्ड चार्टडको १४ रुपैयाँ १४ पैसा, नेपाल एसबिआई बैंकको ८ रुपैयाँ ३ पैसा, एभरेष्ट बैंकको ७ रुपैयाँ ९ पैसा, राष्ट्रिय वाणिज्य बैंक ४ रुपैयाँ ९० पैसा, लक्ष्मी बैंक ४ रुपैयाँ ५० पैसा, सिभिल बैंकको २ रुपैयाँ ३८ पैसा, हिमालयन बैंकको २ रुपैयाँ १६ पैसा, एनएमबि बैंकको २ रुपैयाँ ६ पैसा, सानिमा बैंकको १ रुपैयाँ ७२ पैसा र माछापुच्छ्रे बैंकको वार्षिक प्रतिसेयर आम्दानी २८ पैसा बढेको छ ।

समीक्षा अवधिमा एघार बैंकको इपीएस घटेको छ । कृषि विकास बैंकको २३ रुपैयाँ ५३ पैसा, प्रभु बैंक ९ रुपैयाँ ६७ पैसा, सिद्धार्थ बैंकको ५ रुपैयाँ ८० पैसा, सिटिजन बैंक ५ रुपैयाँ ६० पैसा, ग्लोबल आईएमई ४ रुपैयाँ ३२ पैसा, नेपाल बैंक ३ रुपैयाँ ७४ पैसा, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक २ रुपैयाँ १३ पैसा, सनराइज बैंकको १ रुपैयाँ ८१ पैसा, कुमारी बैंकको १ रुपैयाँ २७ पैसा, प्राइम कमर्सियल बैंकको ९६ पैसा र नबिल बैंकको वार्षिक प्रतिसेयर आम्दानी अघिल्लो आवको यसै अवधिको तुलनामा २६ पैसाले घटेको छ ।

 

S.N. Commercial Banks Earnings Per Share (EPS) in RS
2079 Poush 2078 Poush Change
1 NIC Asia Bank Ltd. 56.77 41.43 15.34
2 Standard Chartered Bank Limited 37.19 23.05 14.14
3 Nepal SBI Bank Limited 23.96 15.93 8.03
4 Everest Bank Limited 29.69 22.60 7.09
5 Rastriya Banajya Bank 37.05 32.15 4.90
6 Laxmi Bank Limited 18.65 14.15 4.50
7 Civil Bank Ltd 14.04 11.66 2.38
8 Himalayan Bank Limited 13.63 11.47 2.16
9 NMB Bank Limited 20.70 18.64 2.06
10 Sanima Bank Limited 20.69 18.97 1.72
11 Machhapuchhre Bank Limited 19.99 19.71 0.28
12 Nabil Bank Limited 23.33 23.59 -0.26
13 Prime Commercial Bank Ltd. 17.03 17.99 -0.96
14 Kumari Bank Limited 11.67 12.94 -1.27
15 Sunrise Bank Limited 12.93 14.74 -1.81
16 Nepal Investment Mega Bank  15.61 17.74 -2.13
17 Nepal Bank Limited 15.93 19.67 -3.74
18 Global IME Bank Limited 18.07 22.39 -4.32
19 Citizen Bank International Limited 11.85 17.45 -5.60
20 Siddhartha Bank Limited 16.53 22.33 -5.80
21 Prabhu Bank Limited 10.19 19.86 -9.67
22 Agriculture Development Bank  -4.43 19.10 -23.53

 

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।