यूनाइटेड अजोड इन्स्योरेन्सले लाभांश प्रस्ताव पारित गर्न बोलायो साधारण सभा


काठमाडौँ । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले साधारण सभा बोलाएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश पारित गर्न सभा बोलाएको हो ।

इन्स्योरेन्सले असार ३० गते, सोमबार, अम्रपाली ब्याङ्क्वेट एण्ड इभेन्ट, भाटभटेनी, काठमाडौँमा बिहान साढे १० बजे ३१ औँ वार्षिक साधारण सभा बोलाएको हो ।

सभाले हाल कायम चुक्ता पूँजीको १० प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.५२६३ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । त्यसैगरी, सभाले १५ प्रतिशत हकप्रद संशोधन गरी बोनस शेयर वितरण पश्चात कायम चुक्ता पूँजीको १० प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गर्न छ ।

यस्तै, सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सञ्चालकहरुको नियुक्ति अनुमोदन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ इन्स्योरेन्सले असार १९ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार असार १८ गतेसम्म कायम शेयरधनीहरुले इन्स्योरेन्सको साधारण सभामा सहभागिता जनाउन तथा इन्स्योरेन्सले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

प्रकाशित मिति: ९ असार २०८२, सोमबार  ०९ : १८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।