राष्ट्रिय वाणिज्य बैंक र नेपाल लाइफ सहित धेरै कर तिर्ने १५ करदाता सम्मानित

0
Shares

करदातालाई प्रोत्साहन गर्ने उद्देश्यले आन्तरिक राजस्व विभागले यसपटक पनि उत्कृष्ट १५ करदातालाई सम्मान गरेको छ । आठौँ राष्ट्रिय कर दिवसका अवसरमा आज काठमाडौँमा आयोजित कार्यक्रममा अर्थमन्त्री डा युवराज खतिवडाले विभिन्न विधामा बढी कर तिर्ने उनीहरुलाई सम्मान गरे ।

बहुराष्ट्रिय कम्पनी सूर्य नेपाल प्रालि सबैभन्दा बढी कर तिर्ने करदाताका रुपमा सम्मानित भएको छ । यसअघि पनि तीन पटकसम्म सूर्य नेपाल सबैभन्दा बढी कर तिर्ने कम्पनीको सूचीमा थियो । व्यक्तिगत आयकरतर्फ सबैभन्दा बढी कर तिर्ने करदाताका रुपमा सिद्धार्थशमशेर जबरा सम्मानित भए । सबैभन्दा बढी आयकर तिर्ने करदाताका रुपमा उनी यसअघि पाँचपटक सम्मानित भइसकेका थिए ।

यस्तै डाबर नेपाल, जगदम्बा स्टिल, अन्नपूर्ण एग्रो छिमेकी लघुवित्त बैंक, राष्ट्रिय वाणिज्य बैंक, नेपाल लाइफ इन्स्योरेन्स, मणिपाल मेडिकल कलेज, वल्ड लिङ्क र अग्नि इन्कर्पोरेटले आ–आफ्नो विधामा बढी कर तिर्नेको सूचीमा परेर सम्मानीत भएको छ ।
तारागाउँ रिजेन्सी ९हयत० होटल र मध्यमस्तरीय करदाताको तर्फबाट कामना सेवा विकास बैंक, आन्तरिक राजस्वको कार्यालयको कार्यक्षेत्रमा रही धेरै आयकर तिर्नेमा भिएस सर्भिसेस मोरिसस प्रालि सम्मानित भएको छ ।

समयमै कर बुझाउने तथा सबैभन्दा बढी मूल्य अभिवृद्धि कर तर्नेमा भने घोराही सिमेन्ट सम्मानित भएको छ । यसपटक सम्मान प्राप्त गर्नेमध्ये सूर्य नेपाल, सिद्धार्थ शमशेर जबरा, घोराही सिमेन्ट, ताराजागउँ रिजेन्सी, छिमेकी लघुवित्त, डाबर नेपाल भने दोहोरिए ।