भ्रष्टाचार नियन्त्रणका लागि अख्तियारले सार्वजनिक गर्यो ५ वर्षे रणनीति

0
Shares

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आगामी ५ वर्षे संस्थागत रणनीति २०७६ र/७७ – २०८०/८१ समेत सार्वजानिक गरको छ । आयोगको रणनीति उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले सार्वजानिक गरेका हुन ।

भ्रष्टाचार बिरुद्धको अन्तर्रा्ष्ट्रिय दिवस २०१९ ‘भ्रष्टाचार बिरुद्धको सहकार्य, सुशासनका लागि अपरिहार्य’ भन्ने मूलनाराका साथ मनाइएको कार्यक्रममा पोखरेलले भ्रष्टाचार नियन्त्रण तथा रोकथाम र सचेतना अभिवृद्धिमा आयोगले उल्लेख्य कार्य गरेको बताए ।

उनले कुनै पनि तह वा पदका राजनीतिक व्यक्तित्वहरु भ्रष्टाचारजन्य कार्यमा संलग्न भएमा राजनीतिक नेतृत्वले कुनै पनि किसिमको संरक्षण नगर्ने भन्दै राजनीतिको संरक्षणमा हुने गरेको भनिएको भ्रष्टाचारले कुनै पनि छुट नपाउने सरकारको धारणा रहेको बताए

मन्त्री पोखरेलले व्यक्ति, घर, परिबार र समाजबाटै असल संस्कारको विकास गर्न सके मात्र सुशासनयुक्त समाज निर्माण हुने कुरामा जोड द्एि । भ्रष्टाचार बिरुद्धको अन्तराष्ट्रिय महासन्धि २००३ प्रति नेपाल सरकारले प्रतिवद्धता जनाई महासन्धि कार्यन्वयनका लागि नीतिगत तथा संस्थागत व्यवस्थापन गर्दै आएको बताउँदै सुशासन प्रवर्द्धनमा सरकारी, गैरसरकारी, नीतिगत क्षेत्र र नागरिक समाजको समन्वयात्मक पहलबाट मात्रै भ्रष्टाचार नियन्त्रण भई यस्ता दिवसहरु मनाउनुको औचित्य सार्थक हुने उनको भनाइ छ ।

आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले भ्रष्टाचार बिरुद्धको ऊर्जा नवीकरण गर्ने दिनको संज्ञा दिँदै आयोगको २९ वर्षको इतिहासमा अघिल्लो वर्षलाई मुद्दा दायर र अदालतको फैसलामा आयोगले पाएको सफलताको आधारमा सफलत वर्षका रूपमा हेरिएको बताए ।

आयोगबाट सञ्चालित ‘स्टिङ अपरेशन’ र ‘यापिड टाक्स फोर्स’ को प्रारम्भिक परिणामबाट मुलुकको प्रशासनको आन्तरिक अवस्था सन्तोषजनक नरहेको घिमिरेले बताए । आयोगले भ्रष्टाचारलाई साना ठूला नभनी मूल्यको आधारमा जुनसुकै तह वा स्तरको भ्रष्टाचारलाई कानूनी दायरामा ल्याइने उनको भनाइ छ । स्थानीय तहमा भएको वा हुनसक्ने अनियमिताका सम्बन्धमा आयोगले हालै ६१ बुँदे सुझाव दिएको व्यहोरा स्मरण गर्दै यसमा सबै पक्षको सक्रिय एवं समन्वयात्मक सहयोग रहनुपर्ने घिमिरेले बताए ।

कार्यक्रममा नेपाल सरकारका मुख्य सचिव लोकदर्शन रेग्मीले भ्रष्टाचारमुक्त समृद्ध राष्ट्र निर्माणमा प्रतिवद्धता जनाए । उनले सुशासन, विकास र सभ्य समाज निर्माणमा सहयोग गर्नेलाई पुरस्कृत र भ्रष्टाचार तथा अनियमितता गर्ने दन्डित हुने प्रणाली स्थापित गर्न सबै एकजुट हुनुपर्ने बताए ।

ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका अध्यक्ष खेमराज रेग्मीले भ्रष्टाचार अनुभूति सूचकांकमा नेपालको स्थान अन्य देशहरुको भन्दा कमजोर रहेको तथ्य स्मरण गराउँदै प्रतिबद्धतालाई व्यवहारमा उतार्न सके मात्र मुलुकमा सुशासन स्थापना हुन सक्ने बताए ।