एशिया प्यासिफिक क्षेत्रको विकासका लागि एडिबी र सीएक्जीम बैंक बीच सम्झौता

0
Shares

एशियन डेभलपमेन्ट बैंक (एडिबी) र चीनको एक्सपोर्ट–इम्पोर्ट बैंक अफ चाइना (सीएक्जीम) बीच एशिया प्यासिफिक क्षेत्रका निजी क्षेत्र बीचको सहकार्य र वित्तपोषणका लागि सम्झौता भएको छ ।

यस सम्झौता अन्तर्गत एडिबी र सीएक्जीम बैंकले नियमित रुपमा विभिन्न बैठक सञ्चालन गरी बजार विश्लेषण, उच्च गुणस्तरीय पूर्वाधारको विकासका लागि अध्ययन, अनुसन्धान र हरित परियोजनाहरुमा वित्तपोषणका लागि सह–वित्तीयकरण जस्ता कार्यहरु गर्नेछन् ।

एडिबी र सीएक्जिम बैंकबीचको सम्झौताले दुई बैंकको वित्तीय स्रोत र विशेषज्ञताको संयोजन गरी एशिया प्यासिफिक क्षेत्रको दिगो विकास, जलवायु परिवर्तन न्युनिकरणका लागि वित्तपोषण र आर्थिक समृद्धि प्रवद्र्धनमा सहयोग पु¥याउन, निजी क्षेत्र तथा सार्वजनिक–निजी साझेदारीका लागि एडिबीका उपाध्यक्ष अशोक लवासाले बताए ।

सीएक्जीम बैंकसँगको सम्झौताले दुवै संस्थाका लागि महत्वपूर्ण कोसेढुङ्गा भएको र यसले एशिया र प्यासिफिक क्षेत्रलाई समृद्ध बनाउन, समावेशी रुपमा विकास गर्न, उत्थानशील र दिगो विकासको लक्ष्य पूरा गर्न सघाउने छ ।

गरीबी न्यूनीकरण र दिगो विकासमा एडिबीको विज्ञता र सीएक्जीमको क्रस–बोर्डर कारोबार तथा अन्तर्राष्ट्रिय आर्थिक सहयोगलाई प्रवद्र्धनका लागि तत्परताले यो सम्झौताको जग बलियो बनाएको सीएक्जीमका उपाध्यक्ष ह्याङ वेन्साइले बताए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।