सिटिजन्स बैंकले दीर्घकालीन स्रोत संकलन गर्न ३ अर्बको ऋणपत्र बेच्ने

0
Shares

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले दीर्घकालीन स्रोत संकलनका लागि ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले आगामी दश वर्षको अवधिका लागि वार्षिक १० प्रतिशत ब्याजदरमा ऋणपत्र निष्कासन गर्ने भएको हो ।

ऋणपत्र निष्कासन गर्न बैंकले पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा असार ८ गते निवेदन दिएको हो । बैंकले ३ अर्ब बराबरको ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्न सेबोनमा निवेदन दिएको हो ।

सेबोनबाट ऋणपत्र निष्कासन गर्न अनुमति पाएपछि बैंकले कुल ३० लाख कित्तामध्ये ६० प्रतिशत अर्थात १८ लाख कित्ता ऋणपत्र बैंकले व्यक्तिगत तबरबाट बिक्री गर्नेछ भने ४० प्रतिशत अर्थात १२ लाख कित्ता ऋणपत्र सर्वसाधारणको लागि निष्कासन गर्नेछ ।

बैंकले ऋणपत्र बिक्री गर्न हिमालयन क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक तोकेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।