विकास बैंकहरुले ‘हरित निक्षेप’ तथा ‘हरित कर्जा’ योजना ल्याउने

0
Shares

विकास बैंकहरुले दिगो विकासमा योगदान दिने उद्देश्यले ‘हरित निक्षेप योजना’ र ‘हरित कर्जा योजना’ ल्याउने भएका छन्।

बैंक तथा वित्तीय संस्थाहरुको लगानी तुलनात्मक रुपमा कम उत्पादनशील क्षेत्रमा बढ्दै गएकाले उत्पादनमूलक र दिगो विकासमा टेवा दिने क्षेत्रमा कर्जा बढाउने उद्देश्यले ‘हरित कर्जा योजना’ ल्याउने निर्णय भएको डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपालले जनाएको छ ।

हरित कर्जा योजनामा गरिने लगानीका लागि विस्तारै स्रोतको सुनिश्चतता पनि गर्दै जाने उद्देश्यले ‘हरित निक्षेप योजना’ पनि ल्याइने भएको छ ।

‘हरित निक्षेप योजना’मा अन्य बचत र मुद्दति निक्षेपमा भन्दा ०.२५ प्रतिशत अंकले बढी ब्याज प्रदान गर्ने र ‘हरित कर्जा योजना’मा अन्य सोही प्रकृतिको कर्जा योजनामा भन्दा ०.२५ प्रतिशत अंकले कम ब्याजमा कर्जा प्रवाह गर्नेगरी कर्जा योजनाको प्रडक्ट पेपर विकास गरिने भएको छ ।

सदस्य बैंकहरुले आ–आफ्ना बैंकको व्यावसायिक रणनीतिअनुसार अझ बढी सुविधा दिनेगरी प्रडक्ट पेपर विकास गर्न सक्ने निर्णय पनि एसोसिएसनले गरेको छ । कार्बन उत्सर्जन गर्ने र जलवायु परिवर्तनलाई असर गर्ने कुनै पनि उद्योग व्यवसायले हरित कर्जा सुविधा लिन पाउने छैनन् ।

आ–आफ्ना बैंकका सञ्चालक समितिबाट प्रडक्ट पेपर स्वीकृत गराई ‘हरित निक्षेप योजना’ र ‘हरित कर्जा योजना’ बजारमा ल्याउन एसोसिएसनले सदस्य बैंकहरुलाई परिपत्र जारी गरिसकेको जनाएको छ ।

डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपालले निम्न उत्पादनमूलक क्षेत्रमा गरिने लगानीलाई कृषिजन्य उद्यम, वनजन्य उद्यम, जल ऊर्जा, सौर्य ऊर्जा, जैविक ऊर्जा, वायु ऊर्जा, केवलकार/रोपवे,, विद्युतीय सवारी साधन,फोहोर पानी प्रशोधन गर्ने उद्यम हरित कर्जा योजनाअन्तर्गत समेट्ने निर्णय

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।