नेपाल एसबिआई बैंकलाई २ अर्बको ऋणपत्र निष्कासन गर्न अनुमति

0
Shares

नेपाल एसबिआई बैंक लिमिटेडले २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्न अनुमति पाएको छ ।

नेपाल धितोपत्र बोर्ड (सेबोन) ले असार २७ गते बैंकलाई प्रति इकाई एक हजार रुपैयाँ अंकित दरका २० लाख कित्ता इकाई बिक्री गर्न अनुमति दिएको हो ।

बोर्डबाट अनुमति पाएसँगै अब बैंकले ४० प्रतिशतले हुन आउने ८ लाख कित्ता ऋणपत्र सर्वसाधारणको लागि निष्कासन गर्नेछ । यस्तै १२ लाख कित्ता ऋणपत्र भने बैंकले व्यक्तिगत तबरबाट बिक्री गर्नेछ ।

बैंकले दीर्घकालीन स्रोत संकलनका लागि आगामी १० वर्षका लागि ‘९% नेपाल एसबिआई बैंक डिबेञ्चर २०८९’ नामक ऋणपत्र बिक्री गर्न लागेको हो । ऋणपत्रका लगानीकर्ताले वार्षिक ९ प्रतिशत ब्याजदर पाउनेछन् ।

बैंकको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।