साढे ७ लाख कित्ता संस्थापक सेयर बिक्री गर्दै हिमालयन बैंक

0
Shares

हिमालयन बैंक लिमिटेडले साढे ७ लाख भन्दा बढी संस्थापक सेयर बिक्री खुला गरेको छ । बैंकका चार जना संस्थापक सेयरधनीले सेयर बिक्री गर्न निवेदन दिएपछि बैंक सञ्चालक समितिले निर्णय गरि संस्थापक सेयर बिक्री खुला गरेको हो ।

बैंकका संस्थापक सेयरधनी बालकृष्ण श्रेष्ठले ५ लाख २६ हजार २२५ कित्ता, अमिर श्रेष्ठ २ लाख ४९२ कित्ता, राजन कृष्ण श्रेष्ठ २३ हजार ६७७ कित्ता र मण्डला इन्भेष्टमेन्ट प्रािलको १ हजार २८६ कित्ता सेयर बिक्रीकाे लागि बैंकमा निवेदन दिएका थिए ।

यो सेयर हालका संस्थापक सेयरधनीहरुले मात्र खरिद गर्न सक्नेछन् । इच्छुकले बिहीबार देखि ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय, कमलादी, स्थित कानून तथा सेयर विभागमा निवेदन दिन सक्नेछन् । तोकिएको मितिभित्र खरिदका लागि निवेदन प्राप्त नभएमा प्रचलित कानून बमोजिम अन्य व्यक्ति–संस्थालाई संस्थापक सेयर बिक्री प्रक्रिया अगाडि बढाइने बैंकले जनाएको छ ।

बैंकको संस्थापक सेयरहरुबाट खरिदका लागि निवेदन प्रप्त नभएमा कानुन बमोजिम अन्य ब्यक्ति वा संस्थालाई बिक्री गरिने जनाएको छ ।

संस्थापक सेयरहरुको बिक्री मूल्य बिक्रेता अनुसार फरक फरक रहेकोले न्यूनतम मूल्यसम्बन्धी जानकारीको लागि बैंकको केन्द्रीय कार्यालय, कमलादी, काठमाडौंमा सम्पर्क गर्नूपर्ने सूचनामा उल्लेख छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।