निफ्राको खुद नाफा ४२.७१% ले बढ्दा प्रतिसेयर आम्दानी २ रुपैयाँ २ पैसा बढ्यो

0
Shares

नेपाल इन्फ्रास्ट्रक्च बैंक लिमिटेड (निफ्रा) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म १ अर्ब ४५ करोड ९२ लाख रूपैयाँ भन्दा बढी खुद नाफा गरेको छ ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद नाफा ४२.७१ प्रतिशतले धरै हो । खुद ब्याज आम्दानी र खुद फि तथा कमिशन आम्दानी बढेसँगै बैंकको नाफा बढ्न पुगेको हो।

अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्म कम्पनीले १ अर्ब २ करोड २५ लाखभन्दा बढी खुद नाफा गरेको थियो । चौथो त्रैमाससम्म कम्पनीको वितरणयोग्य नाफा भने १ अर्ब ५ करोड ४९ लाख छ ।

हाल कम्पनीको चुक्तापूँजी २१ अर्ब ६० करोड रूपैयाँ रहेको छ ।गत आवको अन्त्यसम्म कम्पनीको जगेडा कोषमा २ अर्ब २८ करोड ३२ लाख रूपैयाँभन्दा रहेको छ।

गत चौथो त्रैमाससम्म ८९ करोड १६ लाख निक्षेप संकलन गरेको कम्पनीले २० अर्ब १४ करोड १ लाख रूपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको छ । समीक्षा अवधिमा बैंकको निक्षेप १०३.५७ प्रतिशत बढेको छ भने कर्जा २९.६१ प्रतिशत बढेको छ।

कम्पनीको प्रतिशेयर नेटवर्थ ११० रूपैयाँ ५७ पैसा रहेको छ । त्यस्तै प्रतिसेयर आम्दानी ६ रूपैयाँ ७६ पैसा रहेको छ । बैंकको प्रतिसेयर आम्दानी २ रुपैयाँ २ पैसा बढेको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।